धरान । लागुऔषध गाँजा सहित जंगली जनावरको अंग लुकाई छिपाई धरान ल्याउँदै गएको अवश्थामा इलाका प्रहरी कार्यालय धरानले टेम्पो सहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार धरान उपमहानगरपालिका वडा नम्बर २० स्थित एक्लेवर चौतारा नजिक चाँदी बजारबाट धरान तर्फ आउँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोको सिट मुनी लुकाई छिपाई ल्याउँदै गरेको अवश्थामा दुई पोकामा रहेको २ सय ४५ ग्राम गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ वटा, जंगली जनावर घोरलको सिंग जस्तो देखिने ४ थता, कस्तुरीको सिंग जस्तो देखिने २ थान सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान ११ बस्दै आएका ट्याम्पो चालक वर्ष २९ को
इलाम/ इलामका एक व्याक्तिले जेलबाट मान्छे निकाल्ने भन्दै साढे छ लाख रुपैयाँ पैसा लिएको पाइएको छ । अनेरास्वबीयूका केन्द्रिय सदस्य रहेका शन्धिभक्त शंकरले जेलमा परेमा मान्छे निकाल्न भन्दै कालिकोटका तिरुवा परिवारबाट साढे छ लाख रकम लिएको पाईएको हो । जेलमा परेका तिरुवा परिवारका तिन जनालाई तत्काल जेलमुक्त गर्ने भन्दै शंकरले पैसा लिएको खुलेको हो । २०७५ साल असोज १६ गते इलामको पशुपतीनगरबाट तिरुवा परिवारका ३ जनालाई महिला बेचबिखन काण्डमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका मुम्रा गाउँका जनक, लोकेन्द र लंक तिरुवा रहेका थिए । पक्राउपरेका उनीहरुलाई निकाल्दिने भन
धरान । सामाजिक रुपमा सक्रिय नहुँदा तनाव व्यवस्थापन गर्न नसके पछि पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । अझ लकडाउनको समयमा कुनै पनि अपेक्षा पूरा नहुँदा, सोचेजस्तो नहुँदा पनि आत्महत्या बढ्दै गएको पाइएको छ । चैत्र ११ गते देखि सरकारले घोषणा गरेको लकडाउनको समयमा सुनसरीमा मात्रै ५७ जनाले आत्महत्या गरेका छन् । त्यस मध्ये धरानमा मात्रै १८ जनाले आत्महत्या गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार सबै भन्दा बढी विभिन्न पारिवारिक समस्या, दिर्घरोगीहरुले आत्महत्या गरेका छन् । चैत्र १३ गते देखि यता धरानमा १४ जना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गर
धनकुटा । तेह्र वर्षिय बालिकालाई पटक पटक यौन शोषण गर्दै आएका धनकुटाका एक शिक्षक सहित ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत धनकुटाले आदेश दिएको छ । धनकुटा नगरपालिका ६ आत्माराकी १३ वर्षीया बालिकालाई लामो समयदेखि पटकपटक यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारी, धनकुटा नगरपालिका वडा नंं. ६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरुलाई जेठ २९ गते जिल्ला अदालत धनकुटाका न्यायाधीश फणिन्द्र पराजुलीको एकल इजलासले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । चारै जनाले सामूहिक रूपमा बलात्कार गरेको नभई छट्टाछुट्टै य
सुनसरी । पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं। ८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको योजनाबद्ध हत्या गर्नेगरी भएको नरसंहारका पींडितहरुको पक्षमा ऐकबद्धता जनाउन १ नं. प्रदेशका अग्रज दलित अधिकारकर्मीहरुको टोली घटनास्थलमा पुगेको छ । १ नं.प्रदेशका सबै १४ वटै जिल्लाहरुमा एक चरणको विरोध र खबरदारीको आन्दोलन सकाएर घटनास्थल पुगेको टोलीमा दलित अधिकारकर्मीहरु नवराज शंकर (इलाम), हुकुमसिंह नेपाली (झापा), उमेश विश्वकर्मा मोरङ्ग र हरि पोख्रेल दर्जी झापा रहेका छन् । घटनालाई ढाकछोप र तोडमोड गर्न अझैसम्म पनि हदैसम्मको षडयन्त्र भइरहेको टोलीका सदस्य नवराज शंकरले बताए । “एकातिर आन्दोलन थप
सोमबार राति भारतको लद्दाखस्थित भारतिय र चिनियाँ सेनाबीच झडप भएको छ । झडपमा भारतिय सैनिकका एक कमाण्डर सहित तीन जनाको मृत्यु भएको छ। गल्वान भ्यालीमा भारतीय र चिनिया बीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा झडप भएको हो । सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । १९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ सैनिकमा पनि हताहती भएको थियो ।
झापा । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी माथिको आक्रमण बढ्दै गएको छ । सिमा सुरक्षामा शसस्त्रले कडाइ गर्न थाले पछि भारतीय तस्करीको निशानामा शसस्त्र प्रहरी पर्न थालेका छन् । सोमबार राती झापा गाउँपालिका–१ लसुनामा भारतीय तस्करले सिमामा खटिएका शसस्त्र माथि आक्रमण गरेका छन् । भारतबाट आएको ४० जनाको समूहले सोमबार राति आक्रमण गरेको हो । यस अघि पनि अवैध सामान ल्याउन रोके पनि शसस्त्र प्रहरीले आक्रमण गरेका थिए । स्थानीयका अनुसार भारतीय तस्करले एक सशस्त्र प्रहरीलाई घिसार्दै भारतीय भुमितर्फ एक सय मिटरभित्र पुर्याइसकेका थिए । सशस्त्र प्रहरीले गुहार मागेपछि स्थानियले उद्दार गरेका थिए । सशस्त्र प
इटहरी । सुनसरी माेरङ औद्याेगिक करीडाेर अन्तरगत दुहबीकाे एक उद्याेगमा कार्यरत महिलाहरूमाथी याैन दुर्व्यवहार गरेकाे अभियाेग सहित पक्राउ परेका एक उद्याेगका प्रडक्सन इञ्चार्ज पवन शर्मा २४ घण्टा बित्न नपाउदै छाडिएका छन । सुनसरीकाे दुहबी स्थित पशुपति सिन प्याक इन्ड्रस्टिजमा कार्यरत महिलाहरूले कुनै उजुरी नदिएपछि आरोपित शर्मा रिहा भएका हुन । रातकाे समय डयुटीमा खटिएका महिला कामदारहरू माथी याैन दुर्व्यवहार गरेकाे अभियाेग सहित प्रकउ परेका भारत राजस्थान घर भई सुनसरी दुहबी बस्ने २४ वर्षीय शर्मा पक्राउ परेकाे केहि घण्टामै छुटेका हुन । माैखिक उजुरीकाे अाधारमा प्रहरीले
धरान । सवारी चालक पेशा गर्दै आएका धरानका एक व्यक्तिले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । धरान १३ का ४२ वर्षीय रामकुमार जबेगुलाई सोमबार बिहान आफ्नै घरको झयालको ग्रिलमा झुण्डिएको अवश्थामा परिवारले फेला पारेका थिए । जबेगु डेढ वर्ष अघि देखि चालक पेशामा आवद्ध रही आफ्नो भाईको परिवारसँग बस्दै आएका तर हालसम्म पनि अविवाहित रहेको परिवार स्रोतले जनाएको छ । परिवारका अनुसार उनी अत्याधिक मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन पनि गुमेको हुनाले घर छोडि हिँड्ने गरेका थिए । घर परिवारको सदस्यले खोजी ल्याउने गरेको स्थानियहरू बताउँछन । घटनाको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीको
काठमाडौं । हिरासत भित्रै झुण्डिएको अवश्थामा फेला परेका धनुषा जिल्लास्थित सबैला नगरपालिकाका एक दलित युवालाई प्रहरीले कुटपिट गरी हत्या गरेको उनका परिवारले आरोप लगाएका छन् । गत जेठ २६ गते धनुषाको इलाका प्रहरी कार्यलय सबैलाको हिरासत भित्रको शौचालयमा झुण्डिएको अवश्थामा फेला परेका २४ वर्षीय शम्भु सदाको प्रहरीको कुटपिटबाट हत्या भएको भन्दै उनका आफन्त सहित स्थानीयले छानबिनको माग गरेका छन् । मृतक शम्भु सदा सवारी ज्यान मुद्दाका प्रतिवादी थिए । उनको हत्याको विरोधमा मंगलबार प्रर्दशनमा उत्रिएका मुसहर समुदाय माथि प्रहरी कार्यालयमै झडप भएको थियो । प्रर्दशनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड