हल्दिबारी गाउँपालिकाको घटना छानबिन गर्न माग

  • असार १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदहरुले स्थानीय तहको नीति कार्यक्रममा देखिएको समस्या र सडक निर्माणको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण गरेका छन्।
राप्रपाकी सांसद इन्दिरा राईले असार ७ गते हल्दिबारी गाउँपालिकामा नीति तथा कार्यक्रममा छलफल भईरहँदा अध्यक्ष रविन्द्र लिङ्देनमाथि भएको आक्रमणको निन्दा गर्दै घटनाको छानबिन हुनुनर्पे माग गरेकी छन्।

भनिन,“ व्यापक छलफल भएपछि मात्र माग आउनु पर्छ भन्दाभन्दै अध्यक्षमाथि आक्रमण भएको छ । असार २९ गतेसम्म सभा अन्त्य गर्ने प्रस्ताव गरिएपनि सुनियोजित रुपमा आक्रमण भयो ।” राईले पर्यावरणीय हिसाबले महत्व राख्ने जलथल जंगलको सडकको नामकरणको कुनै अमुक पार्टीको नेताको नाममा राख्न भन्ने बाहनावाजी गरी अध्यक्ष रविन्द्र लिङ्देन र वडाअध्यक्षमाथि आक्रमण भएका बताइन ।

राईले उपाध्यक्षको अध्यक्षतामा नीति तथा कार्यक्रम पास भएको र यो मौजुदा कानुन विपरीत भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरेकी छन् । “छलफलपछि मात्र पास गर्नुपर्छ भन्ने तयारीसाथ केही पर मिति सार्दा आक्रमण भएको घटना निन्दनीय छ,” उनले भनिन्,“राजनीतिक संस्कार गलत दिशातर्फ गएको छ । विचारको प्रतिस्पर्धा हुनुपर्छ । व्यक्तिको नाममा सडकको नाम गराइनु किमार्थ ठिक होइन ।”

नेपाली कांग्रेसका सांसद ओमप्रकाश सरागवीले जोगबनी इटहरी जोड्ने ६ लेनको सडक ढिलाईमा सरकारले चासो नदिएको बताउँदै भने,“प्रदेश सरकार निदाएको जस्तो छ । धेरै मानिस आवत जावत गर्ने बाटो निर्माणको काम पूरा गर्न ढिलाइ भएको छ ।” प्रदेश राजधानीलाई जोड्ने सडक निर्माण गर्न ठेक्का लागेको वर्षौ बित्दा पनि सूचारु रुपले काम अघि नबढेको र असारमै धेरै काम गर्ने गरिएको बताए ।
कांग्रेसका सांसद पुरुषलाई पनि एकल पुरुष भत्ता दिने व्यवस्था गर्नुपर्ने बताए । भने,“पुरुषलाई पनि महिलालाई जस्तै भत्ता दिने व्यवस्था गरिनुपर्छ ।” श्रीमतीको मृत्यु भएपछि पुरुष पनि एकल हुने भएकोले उनलाई पनि भत्ताको व्यवस्था हुनुपर्छ ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved