इलाम/ इलामका एक व्याक्तिले जेलबाट मान्छे निकाल्ने भन्दै साढे छ लाख रुपैयाँ पैसा लिएको पाइएको छ । अनेरास्वबीयूका केन्द्रिय सदस्य रहेका शन्धिभक्त शंकरले जेलमा परेमा मान्छे निकाल्न भन्दै कालिकोटका तिरुवा परिवारबाट साढे छ लाख रकम लिएको पाईएको हो । जेलमा परेका तिरुवा परिवारका तिन जनालाई तत्काल जेलमुक्त गर्ने भन्दै शंकरले पैसा लिएको खुलेको हो । २०७५ साल असोज १६ गते इलामको पशुपतीनगरबाट तिरुवा परिवारका ३ जनालाई महिला बेचबिखन काण्डमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका मुम्रा गाउँका जनक, लोकेन्द र लंक तिरुवा रहेका थिए । पक्राउपरेका उनीहरुलाई निकाल्दिने भन्दै शंकरले पैसा लिएका पिडित परिवारको गुनाशो छ ।
कारागारमा तिरुवा परिवारका पक्राउ परेका ३ जनाको भेट शन्धिभक्त शंकरका दाजु नाताका भैरबसँग भयो । भैरब समेत कारागारमा रहेका छन् । त्यहाँ कुराकानी भएपछि आफ्ना मान्छे निकाल्न जनकका भाई पुष्प र लोकेन्द्रका बुबा जयरुप तिरुवाको सन्धिभक्तसँग भेट भयो । एक जना मान्छे निकाल्न साढे तिन लाख रकम माग्दै आएका सन्धिभक्तले तिन जनाबाट साढे छ लाख रकम लिएरै छाडे । त्यसपछि पक्राउ परेका मानिस नछुटेपछि तिरुवा परिवारलाई शंका लाग्न थाल्यो । शंका लागेपछि शन्धिभक्तसँग पटकपटक पैसा माग्दा नदिएपछि गत २०७६ भदौमा शंकरले सापट लिएको र २०७६ साल कात्तिक मसान्तभित्र पैसा तिरिसक्नु पर्ने कागज बनाए । सो मितिमा पैसा फिर्ता नदिए शंन्धिभक्त शंकरको जायजेथाबाट पैसा असुल गर्ने समेत कागजमा उल्लेख गरे । तर हालसम्म पैसा फिर्ता नभएकोे जनकका भाई पुष्प तिरुवाले बताए । उनले भने ‘मान्छे निस्कन्छ भनेर साहुसँग रिण मागेर पैसा दिइयो तर यस्तै भयो ।’
पाँचथर घर भएका शन्धिभक्त हाल इलाम नगरपालिका ९ मा बसोबास गर्दै आएका छन् । नागरिकतामा भक्तप्रसाद शंकर र बोलाउने नाम शन्धिभक्त हो ।
जेलबाट छुटाईदिन्छ भनेर शन्धिक्तलाई रिण खोजेर पैसा दिएपछि परिवारलाई रिण लागेको तिरुवा परिवारले जनाएका छ । न आफ्ना मान्छे निस्किए नत पैसा फिर्ता हुन्छ रिण्मा परेको तिरुवा परिवारको आर्थिक अवस्था बेहाल बनेको छ । पैसा पाउने खासमा कालिकोटबाट इलाम आएको तिरुवा परिवारले शन्धिभक्तलाई पैसा दिएपछि घर जाने पैसा समेत नभएर तिरुवा परिवार कहिले होटल त कहिले कसैको घरमा बास माग्दै इलाममा नै रहयो । तर लामो समय सम्मपनि पैसा नपाएपछि हाल उनीहरु इलाममा नै काम खोजेर पेट पालिरहेका छन् ।
पैसा माग्दा सन्धिभक्त कहिले पाँचथर घरमा छु त इलाम बाहिर छु भनेर ढाँट्ने गरेको समेत पुष्प तीवारी बताउछन । उनले हामीलाई ‘भोली, पर्सी भन्दै भाखा सारिरहनु हुन्छ सन्धि दाईले, तर पैसा भने पाएका छैनौ ।’ पुष्पले भने ।
तिरुवा परिवारबाट लिएको साढे छ लाख पैसा गएको कात्तिकसम्ममा चुक्ता पारिसक्नु पर्ने कागजमा उल्लेख छ । सो अवधिमा पैसा चुक्ता नगरे प्रचलित ब्याज सहित पैसा बुझाउनु पर्ने कागजमा उल्लेख गरिएको छ । तर तिरुवा परिवारले हाल करिव डेढ लाख रकम शंकरबाट प्राप्त गरेपनि पनि बाँकी रहको रकममा शंखरले भाका सार्दे झुल्याईरहेको तीवारीको भनाई छ ।
यता शंकरले आफुले पैसा तिर्न खासै बाँकी नरहेको बताउछन । उनले तिरुवापरिवारबाट लिएको पैसा वकिललाई खर्च गर्न भनेर मागेको भन्दै सो रकम खासै फिर्ता गर्न बाँकी नरहेको बताएका हुन । उता पुष्पका बुबालाई आफुले पैसा तिरिसकेको भन्दै कागज समेत भइसकेको बताएका छन् । कागजमा दुवैपक्षबाट हस्ताक्षर र औँठाछाप समेत भएको छ । तर सो कागज झुठो रहेको तिरुवा परिवारले बताएका छन् । सन्धिभक्त शंकरले बोकेको कागज अनुसार अब तिरुवा परिवारलाई मात्र बाँकी ५० हजार दिन बाँकी रहेको उल्लेख गरिएको छ । तिरुवाले फोन सम्पर्कमा आफुहरुले शंकरबाट डेढलाख रकम लिएको र अन्य बाँकी भएको बताएका छन् । शंकरसँगकै पैसा उठाउन होटलमा आफु बसेको पनि शंकरले आफुलाई दिनेबाट नै कटाएको पिडित तिरुवा परिवारले बताएका छन् । तिरुवा परिवारले तत्काल पैसा नदिए अब कानुनी प्रक्रियामा जान बाध्य हुने बताएको छ ।