धरान । धरानको स्पार्क पाइभ अस्पतालले आठौ बार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । धरान १ मा रहेको अस्पतालको प्रांगरणमा भएको शिविरमा ९० जना विरामीले परीक्षण गरेका थिए । काठमाण्डौ स्पार्क अस्पतालका विशिष्ट चिकित्सक डा.अनिलकुमार महतो र धरानकी डा.सहरा भुजेलले विरामीहरुको चेकजाँच गरेका थिए । हाडजोर्नी, नशा, ढाँड दुख्ने, गर्धन दुख्न्े, बाँथ रोग, युरिक एसिड, शरीर पोल्ने, झमझमाउने प्यारालेसिस, मुख बाँगिएको लगायतका रोगका विरामीहरुको निःशुल्क परीक्षण गरिएको थियो । अस्पतालले प्रत्येक बर्ष बार्षिकोत्सवको अवसरमा शिविरको आयोजना गदै आएको छ । चेकजााँचमा आएका विरामीहरुलाई ल्याव ट
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऋणात्मक अवस्थमा गएको र सरकारले यसलाई सहयोग गर्नुपर्नेमा बीपीका पदाधिकारीहरुले प्रदेश र संघीय स्वाथ्यमन्त्री समक्ष माग गरेका छन् । उनीहरुले कोरोना संक्रमण लगायत विविधि कारणले प्रतिष्ठान १ अर्ब ४१ करोड बराबर ऋणात्मक अवस्थामा गुज्रिरहेको भन्दै शुक्रबार प्रतिष्ठानको २९ औ स्थापना दिवसका अवसरमा प्रतिष्ठानका पदाधिकारीले मन्त्री समक्ष माग गरेका हुन् । यही विषयमा केही समय अगाडि प्रतिष्ठानका रजिष्टार सूर्यप्रसाद सगौलाले स्वेतपत्र नै जारी गरी प्रतिष्ठानको आर्थिक अवस्था नाजुक जानकारी गराइसकेका छन् । सरकारी असहयोगकै कारण प्रतिष्ठानको आर्थिक अवस्थ
धरान । इलाम अस्पताल चिकित्सकविहीन बन्दै गएको छ । दरबन्दी भएका चिकित्सक पनि समय सम्म नबस्ने, सरुवा भएर जाने समस्याले इलाममा स्पेलिष्ट चिकित्सकको अभाव खड्किएका हो । गाईनोलोजिस्ट डा. पवनजंग रायमाझी २०७५ वैशाख २६ गते इलाम अस्पतालमा आए । गाइनोको लागि राम्रो डा. का रुपमा मानिएका उनी ०७६ साल साल पौष ६ गते इलामबाट सरुवा भएर गए । उनी सरुवा भएपछि केही समय डाक्टर विहीन बन्यो इलाम अस्पताल । गाईनोकै डाक्टर प्रभुशाहा ०७६ साल कात्तिक छ गते इलाम आए । शाह अहिले सम्म इलाम अस्पतालमै छन् । गाईनो कै डा. रक्षा पराजुली ०७६ साल भदौ ८ गते इलाम अस्पतालमा आइन् । उनी ०७७ असोज १५ गते इलामबाट गईन । छोटो समयमा इलाममा राम्र
धरान । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो । स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर थला परेकी मात्र नभएर उनको पिसाब नियन्त्रण बाहिर गएको थियो । प्रतिज्ञाका आमा राम दुलारी मण्डलले छोरीको उपचारको लागि जनकपुरसहित प्रदेश १ का विभिन्न अस्पतालहरूमा लिएर जादा पनि उपचार हुन नसकेको बताइन् । उनले अन्तिर्मा आर्या न्युरो हस्पिटलमा ल
धरान । कतिपय शल्यक्रिया जटिल हुन्छन् । चिकित्सकका लागि पनि यस्ता शल्यक्रिया गर्दा चुनौति हुन्छ । यसप्रकारको शल्यक्रिया जोखिम मोलेर गर्नुगर्ने हुन्छ, शल्यक्रिया गर्दा कति सफल हुन्छन् त कति असफल पनि हुन्छन् । तर धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक विरामीको चिकित्सकले जटिल प्रकारको शल्यक्रिया गरेर विमारीलाई ज्यान जोगाइदिएका छन् । उनी थिए सप्तरीका ५५ बर्षीय एक पुरुष । उनको पछिल्लो भागमा रहेको ९ किलोको ट्युमर चिकित्सकहरुले सफल शल्यक्रिया गरेर निकालि दिएका छन् । असार ३१ गते प्रतिष्ठानमा भर्ना भएका उनको साउन ९ गते सफल शल्यक्रिया भएको हो । चिकित्सका अनुसार उनकोे पेटको पछि
धरान । श्रावण महिनाको हरेक सोमबार रोट्रयाक्ट क्लब अफ धरान घोपाले रोटरी क्लब अफ धरानसँग सहकार्य गरेर निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । शिविरमा निःशुल्क सामान्य परीक्षण, निःशुल्क बीपी जाँच, निःशुल्क प्राथमिक उपचार र निःशुल्क आवश्यक औषधि उपलब्ध गराएको क्लबले जानकारी दिएको छ । सप्तकोशीबाट जल ल्याई पिण्डेश्वर मन्दिरमा चढाउन आएका भक्तजनहरुको सेवाका लागि क्लबले पिण्डेश्वर स्वास्थ्य शिविर राखेको छ । क्लबले जल चढाउन भक्तजनहरुको स्वाथ्यमा कमजोर देखिएमा जीवनजल, खाली खुट्टा पैदल हिडेर आएकाहरुका घाउ चोट लागेमा प्राथमिक उपचार र दुखाई कम गर्न पेनकिलर निःशुल्क वितरण गर्ने गरेको छ । शिवरमा डा.
धरान । विराटनगरस्थित न्युरो हस्पिटलले विश्व हेपाटाइटिस दिवस मनाएको छ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले अस्पतालले बिहीबार मनाएको हो । प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसको जोखिम कम गर्दै स्वस्थ बनाउने अभियानलाई जोड दिँदै न्युरो अस्पतालले हेपाटाइटिस विरुद्धको खोप पनि लगाउन सुरु गरेको छ । बिहीबारदेखि अस्पताल परिसरमा अस्पतालमा काम गर्ने सरसफाइ कर्मचारीहरूबाट हेपाटाइटिस विरुद्धको खोप लगाउन सुरु गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । ‘हेपाटाइटिस हुन नदिन अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीहरूलाई यो खोप लगाउन सुरु गरिएको
धरान । विराटनगर – ३ कंन्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा एक जना विरामीको ‘व्रेना हेमरेज’ को सफल शल्यक्रिया भएको हो । फिस्टुलाको कारण भएको जटिल प्रकृतिको ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको ाछ । अस्तालका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका – १० बेलेपुर घर भएका ४८ वर्षीय विनोद कुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा. पंकजराज नेपालले साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया गरेका हुन् । उनको अवस्था देखेर उनका परिवार समेत आत्तिएका थिए । त न्युरोले सफल शल्यक्रिया गरिदिएपछि ढुक्
धरान । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आएका भक्तजनहरुको सेवामा पछिल्लो समय सामाजिक संघ संस्थाहरुको उपस्थिति बाक्लो रहेको पाइएको छ । मन्दिर आसपास धरानका दर्जनौ संघ संस्थाहरु निःशुल्क पानी, फलफूल वितरणदेखि दिएर निःशुल्क प्राथमिक उपचार गर्ने संघसंस्थाको व्यार्नर बग्रेल्ति देख्न सकिन्थ्यो । सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले आएका यी संघ संस्थाहरुको सामाजिक कार्य अन्य भन्दा प्राथमिक स्वास्थ्य सेवा भने प्रभावकारी देखिन्थ्यो । सप्तकोशीबाट जल ल्याएर चढाउन आएका दीर्घरोगीहरुका लागि स्वास्थ्य शिविर प्रभावकारी बनेको हो । सिराहा सप्तरीबाट आएका ६५ बर्षी सत्यनारायण साह सप्तकोशीबाट जल ल्याएर
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा राजकुमार रौनियाको निधनप्रति प्रतिष्ठानले शुक्रबार (आजं) एक दिन शोक विदा दिएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा.डा.कृष्णा पोखरेलका अनुसार शुक्रबारका दिन प्रतिष्ठानमा शोक विदा दिनका साथै श्रावण ६ गते देखि ८ गतेसम्म ३ दिन प्रतिष्ठानको झण्डा आधा झुकाई शोक मनाउने निर्णय प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानका पूर्व उपकुलपति तथा रेडियोलोजी विभागका प्राध्यापक डा.रौनियारको २०७९ श्रावण ३ गते मंगलवार असामायिक निधन भएको थियो । एक कुशल प्राध्यापकको निधनले प्रतिष्ठान लगायत राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको भन्दै श्