बिपी प्रतिष्ठान धरानमा तीनदशक पछि पूर्ब विद्यार्थीहरुको सम्मेलन " प्रतिष्ठानको विकृति विसङ्गतिको अन्त्य गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास"

  • कार्तिक २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको तीन दशक पछि पहिलो पटक सम्मेलन हुने भएको छ ।

प्रतिष्ठानको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अध्ययन गरेका पूर्व विद्यार्थीहरु पहिलो पटक भेला भएर सम्मेलन गर्ने भएको पूर्व विद्यार्थी संघका महासचिव एडिसनल प्रोफेसर डाक्टर विकास साहले जानकारी दिए ।

उनका अनुसार पूर्व विद्यार्थी सङ्घ गठन गर्दै उनीहरूले प्रतिष्ठानको स्थापनाको ३० वर्ष पछि पहिलो पटक पूर्व विद्यार्थी सम्मेलन गर्न लागेका हुन् ।

प्रतिष्ठानमा आइतबार कार्तिक २५ गते हुने सम्मेलनमा प्रतिष्ठानको मात्र नभइ देशकै प्रतिष्ठानहरु तथा चिकित्सा क्षेत्रको विकास , अध्ययन अनुसन्धानको बारेमा समेत छलफल हुने प्रा।डा शाहको भनाई छ ।

उनले भने ‘विदेशमा विभिन्न विश्वद्यालयमा छात्रवृत्तिबाट अध्ययन तथा अनुसन्धान गर्न जाने चिकित्सकहरूलाई त्यहा रहेका पुर्व विद्यार्थीहरुले सहजीकरण गर्ने छन् ।’‘सम्मेलनमा प्रतिष्ठानको विकास सँगै चिकित्सकहरूको समस्याहरू सँगै अनुभव आदान प्रदान हुनेछ’ ।

प्रतिष्ठानमा अध्ययन गरेका दुईजना चिकित्सकहरूले नेपालका दुई प्रतिष्ठानको नेतृत्व गरिरहेका छन् । प्रतिष्ठान का पूर्व विद्यार्थी डाक्टर मङ्गल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको रूपमा काम गरिरहेका छन् भने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत बिपी कै विद्यार्थी डाक्टर अङ्कुर शाह उपकुलपति भएर काम गरी रहेका छन् ।

त्यसो त कर्णालीका शिक्षाध्यक्ष डाक्टर डवल राज धामी , निर्देशक डाक्टर पूजन रोकाया पनि बिपीकै उत्पादन हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्राध्यापक श्याम लम्साल तथा मेडिकल काउन्सिल का रजिस्ट्रार डाक्टर सितस देव पनि प्रतिष्ठानकै उत्पादन हुन् भने बिपी का अस्पताल निर्देशक डा जगत नारायण पनि यहीका उत्पादन हुन् ।

यो सँगै बिपीको अध्ययन गरेका विद्यार्थीहरू भारतका विभिन्न अस्पताल सँगै अमेरिका , क्यानडा,अष्ट्ेलिया लगायतका देशका अस्पतालहरूमा समेत नेतृत्वदायी भूमिकामा रहेका छन् । सम्मेलनले प्रतिष्ठानको सँगै देशकै चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्न महत्त्वपूर्ण सहयोग संघले जनाएको छ ।

प्रतिष्ठानको स्थापना भएको ३० वर्षमा प्रतिष्ठानको अवस्था दिनानु दिन खस्कँदो प्रति पनि उनीहरुको चिन्ता हो र पहिलो पटक धरानमा सम्मेलन गर्न लागेका हुन् ।

३० बर्ष अघि भारतको एम्स मेडिकल कलेजको अवधारणामा नेपालमै पहिलो पटक धरानमा चिकित्सा शिक्षा अध्ययन , अनुसन्धान तथा विशेषज्ञ उपचार गर्ने उद्देश्यले पहिलो प्रतिष्ठानको रूपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको थियो ।

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved