कहाँ छन् होला,चेतनाथ अधिकारी ? "यात्रा गर्न लागेको बेला रुन हुँदैन"

  • कार्तिक २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/मोरङको सुन्दरहरैँचाका चेतनाथ अधिकारी चार दिन देखि घरबाट बेपत्ता भएका छन् । 

उनी बुधबार विहान ५ः३० बजेदेखि बेपत्ता भएको परिवारजले बताएको छ भने उनको खोजी कार्य प्रहरी सहितले खोजी गरे पनि अहिले सम्म फेला परेका छैनन् । घरबाट निस्कनु अघि अधिकारीले लेखेको चिठी भने फेला परेको छ ।

उनले लेखेको चिठीमा यस्तो लेखिएको छ : ‘म जाँदै गर्दा कोही हाँस्ने हुनुहुन्छ भने उहाँहरूलाई कोटी–कोटी प्रणाम । र, रुनेको लागि मात्र प्रणाम ।

किनकि, कतै जान लागेको व्यक्तिलाई हाँसेर बिदाइ गर्यो भने ऊ जान्छ । तर, रुन थाल्यो भने ऊ जाऔँ कि नजाऔँ हुन्छ । त्यसैकारण जोसुकै पनि यात्रा गर्न लागेको बेला रुन हुँदैन ।’

५३ वर्षीय अधिकारी बुधबार बिहानदेखि बेपत्ता भएको परिवारजनले जनाएका छन् ।

उनी बेपत्ता भएपछि खोजी कार्यका लागि परिवारले प्रहरीमा निवेदन दिएका छन् ।

उनी जिल्ला अदालत धनकुटाका पूर्व कर्मचारी समेत रहेका उनी राष्ट्रिय परिचय पत्र बनाउनका लागि भनेर घरबाट हिँडेको बताएका थिए ।

श्रीमती कल्पना अधिकारीका अनुसार मोरङको गछिया घर भएका उनले राष्ट्रिय परिचयपत्र बनाउनका लागि धनकुटा हिँडेको र धरानमा परिवारका अन्य व्यक्तिसँग भेट गर्ने भने पनि कोहीसँग भेट नगरी वेपत्ता भएको श्रीमती अधिकारीले बताइन । उनको तीन जना छोरा र एक श्रीमती छन् ।

धनकुटा पुख्र्यौली घर रहेको उक्त परिवारको सुन्दरहरैँचामा पनि घर रहेको र तिहार मनाउन स–परिवार आएको खुलेको छ ।उनीहरु परिवार सहित काठमाण्डौ वस्दै आएका थिए ।

घर परिवारमा समेत कुनै विवाद नभएको र उनको मोबाइल पनि अफ गरि घरमै छाडेर हिँडेका थिए । 

बेपत्ता भएका अधिकारीको खोजी गर्न प्रहरीले सर्वसाधारण नागरिकसँग पनि आग्रह गरेको छ ।

 तस्बिरहरू: चिठी 

 cccc ccc c cc 1731048088068

बेपत्ता -चेतनाथ अधिकारी

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved