बराहक्षेत्रको चतरामा पानी शुल्के खेलको तयारी शुरु "प्रतियोगिता यही कार्तिक १६ गते शुक्रबार हुने भएको हो"

  • कार्तिक १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएकोले यो खेलको प्रवद्र्धनका लागि यस बर्ष पनि धरान हाइकिङ समूहले निरन्तता दिने भएको छ ।
आयोजक चतरा हाइकिङ समूहले सोमबार धरानमा पत्रकार सम्मेलनको अयोजना गरी सो प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगिता यही कार्तिक १६ गते शुक्रबार हुने भएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमश २५, १५ र १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका सयोजक नवराज विष्टले जानकारी दिए । गत बर्ष प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५, ३ र २ हजार प्रदान गरिएकोमा यो बर्ष भने पुरस्कार राशी बढाइएको सयोजक विष्टले जानकारी दिए ।

गत बर्ष ७२ जनाले प्रतियोगितामा भाग लिए पनि यो बर्ष अझै बढ्ने आयोजक चतरा हाइकिङ समूहका अध्यक्ष भिषण राईले जानकारी दिए । उनका अनुसार सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा प्रतियोगिताको रूपमा खेलिने गरे पनि नेपालमा भने या खेल पहिलो पटक चतराबाट आयोजना भएको दाबी गरे ।
नदी, तलास र पोखरीमा चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ । बाल्यकालमा पौडी खेल्न जाँदा, गाइवस्तु चराउन जाँदा मनोरञ्जनको रुपमा खेल्ने गरे पनि नेपालमा भने प्रतियोगात्मक रुपमा खेल खेलाइएको थिएन । नेपालको ऐहासिक तथा मौलिक खेल भएपनि यसको प्रवद्र्धन हुन नसेको बेला चतरा हाइकिङ समूहले गत बर्षदेखि नि प्रतियोगिताको रुपमा खेलाउन थालिएको उले जानकारी दिए ।
क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गर्ने आयोजकको भनाइ छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् ।
गत बर्षको प्रतियोगितामा चतराका स्थानीय राहुल लिम्बु, राजेन्द्र कार्की र सञ्चारकर्मी लक्ष्मण कटुवाल क्रमश पहिलो, दोस्रो र तेस्रो भएका थिए ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved