स्वास्थ्य क्षेत्रलाई मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह "बीपीका विभिन्न संकायका ५ सय ५६ विद्यार्थी दक्षित"

  • कार्तिक २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

गोविन्द वस्नेत

धरान । चिकित्सकको विरामी प्रतिको व्यवहारप्रति व्यापक जनगुनासो आइरहेकोप्रति प्रधानमन्त्री एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले चिकित्सा क्षेत्रलाई सेवामुलक बनाउन दिक्षित विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

466348077_1933015973864280_4501014495500691809_n

प्रधानमन्त्री एवम् कुलपति ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औ दीक्षान्त समारोहमा दिक्षित हुने विद्यार्थीहरुलाई दीक्षित गरिसकेपछि सो कुरा बताएका हुन् ।

उनले नेपालको चिकित्सा क्षेत्रमा धन कमाउने होडबाजी चलेकोप्रति इंगित गर्दै मुलुकमा शैक्षिक माफिया, स्वास्थ्य माफियाहरुले चलखेल गर्ने गरेकोले यस्ता कार्यलाई नेपाल सरकारले रोक्नका लागि हदैसम्मको कदम चल्ने बताए ।

466384615_1933011893864688_3486558816772933790_n

उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालकै मात्र हैन दक्षिण एसियाकै प्रतिष्ठित अस्पताल भएकोले यहाँबाट दिक्षित हुने विद्यार्थीहरुबाट नेपाल र नेपालीले धेरै अपेक्षा गरेकोले अपेक्षा गरे अनुसारको काम गरेर अगाडि बढ्न पनि दीक्षित विद्यार्थीहरुलाई आग्रह गरे ।
यस्तै सहकुलपति एवम् स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई सहज र सरल बनाउन अब नेपाल सरकारले सबै क्षेत्रलाई डिजिटल प्रविधिमा लान शुरु गरेको बताए । प्रतिष्ठानमा प्रत्येक दिन विरामीको चाप बढ्दै जाँदा यहाँ चाहिने दक्ष चिकित्सक, उपकरण लगायतका सेवा सुविधाको कमी नेपाल सरकारले महसुस गरेको बताए ।

उनले दीक्षित विद्यार्थीरुले आगामी दिनमा नेपालमा भएको स्वास्थ्य सेवाको दक्ष जनशक्तिलाई कमी हुन नदिने विश्वास समेत सबैले लिएको बताए ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानमा सेवा सुविधा थपिदै जाँदा पनि अझै सेवा सुविधाका कुरामा कमी महसुस भएकोले आगामी दिनमा यसलाई विस्तार गर्दै लाने बताए ।

कार्यक्रममा एमडी, एमडि÷एमएस, एमडिएस, एमएस्सी नर्सिङ, एम.पिए.एच, एमविविएस, विडिएस, विएस्सी नर्सिङ र विएस्सी आइटीका ५ सय ५६ विद्यार्थी दीक्षित भएका थिए । यसभन्दा अगाडि प्रतिष्ठानले २०७२ सालमा प्रधानमन्त्री एवम् उपकुलपतिको हैसियतले केपी शर्मा ओलीबाट विभिन्न फेकल्टीका पास आउट भएका विद्यार्थीहरुलाई दक्षित गरेका थिए ।्

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved