धरानमा एक सयमा जीपलाईन चढ्न पाईने "शत प्रतिशत छुट,बैशाख सम्म छुटको व्यवस्था"

  • कार्तिक २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।आउने शनिबार धरानमा एक सय रुपैयाँमा जीप लाइन चढ्न पाइने भएको छ । अन्य बेला ५ सय रुपैया तिरेर जीप लाइन चढ्नेले अब एक सय रुपैयाँमा चढ्न पाउने भएका हुन ।
धरानको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सन्चालित सेछ एडभेञ्चर पार्क चौथो वर्ष पुगेको अवसरमा उक्त छुट सहितको प्याकेज ल्याएको एडभेञ्चर पार्कका निर्देशक बासुदेव बरालले बताए । उनले भने,‘धरानको पर्यटन थप प्रवद्र्धन गर्न छुट सहितको विविध प्याकेज ल्याएका छौ,जस अन्र्तगत यो आउने शनिबारका लागि जीप लाइन गर्न चाहनेहरुले मात्रै एक सयमा जीप लाइनको चढेर मज्जा लिन सक्ने छन्।’

उनका अनुसार चौथो बर्ष पुगेको अवसरमा पर्यटनको नयाँ सिजनका विविध प्याकेजहरु घोषणा गरिएको छ । उक्त प्याकेज आकर्षक रहेका छन् ।
सत प्रतिशतको छुट
पर्यटनको नयाँ सिजन शुरु भएसँगै एडभेञ्चर पार्कले पिकनिक प्याकेज, एक सय प्रतिशत क्यास ब्याक’ प्याकेज र विद्यार्थीहरूका लागि ‘डेकेशन’ प्याकेज विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । ।सेछले एक सय प्रतिशत शुल्क फिर्ता पाइने ‘क्यास ब्याक’ प्याकेजसमेत सार्वजनिक गरेको निर्देशक बरालले बताए ।

उक्त प्याकेजबाट शुल्क फिर्ता पाउन आगन्तुकले पार्कमा खेलहरू खेलेर अन्य ३ जनालाई पार्कमा पठाएमा तिरेको शुल्क शतप्रतिशत फिर्ता पाउने छन्।
पार्कमा उपलब्ध एडभेञ्चर खेलहरू, खानपिन र वनभोज खानेहरूका लागि छुट प्याकेजहरूको घोषणा गरेको विज्ञप्तीमा उल्लेख छ ।

पार्कमा स्काई साइकल, जीपलाईन, हेङ्गिङ ब्रीज, ३६० डिग्री साइकल, रसियन सर्कल लगायतका साहसिक खेलहरू सञ्चालनमा रहने छन् । डेकेशन प्याकेजमा विद्यार्थीहरूलाई छोटो हाइकिङका साथै स्काई साइकल र जिप लाइन एक्टिभिटी, ब्रेकफास्ट, लञ्च र मनोरन्जनात्म सांगितिक कार्यक्रम सहित प्रति विद्यार्थी एक हजार दुई सय रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

निर्देशक बरालका अनुसार यो विद्यार्थीको निम्ति हो, विद्यार्थीहरु ग्रुपमा आएको खण्डमा एक जना बराबर १२ सय रुपैयाँमा यो अवसर प्रदान गरिने वताइएको छ । त्यसैगरि पिकनिकको प्याकेजमा जिप लाइन,स्काई साइकल,ब्रेकफास्ट र लञ्च उपलब्ध गराइने छ । विज्ञप्तीमा हाईकिङ गर्न नचाहनेहरूका लागि गाडीको पनि व्यवस्था गरिने भएको छ । उक्त सुविधाहरू प्रतिव्यक्ति शुल्क एक हजार पाँच रुपैयाँमा उपलब्ध गराइने निर्देशक बरालको भनाई छ ।

यी सबै धरान उपमहानगरपालिका वडा नम्बर २० स्थित चिण्डे डाँडामा रहेको एडभेन्चर पार्कमा उपलब्ध गराईने भएको हो । समय विहान १० बजेदेखि बेलुकी ४ बजे सम्म भनिएको छ ।
(((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved