धरान/ सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। घाइतेमध्ये देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मंगलबार काठमाडौंस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो। रवीन्द्र मेहेताको मृत्युसँगै सुनसरी घटनापछि सुरु भएको आन्दोलनसँग सम्बन्धित मृत्यु हुनेको संख्या चार पुगेको छ। सिरहामा भएको आन्दोलनका क्रममा गणेश यादवको पनि मृत्यु भएको थियो। रवीन्द्रलाई प्रारम्भिक उपचारपछि विराटनगरको विराट नर्सिङ होमबाट गत शुक्रबार थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो। उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्
इलाम/ इलामको माइजोगमाई गाउँपालिका–२ मा अत्यन्तै दुःखद घटना भएको छ। खोल्सोमा आएको बाढीले छोरा बगाएर मृत्यु भएपछि शोक सहन नसकेर आमाले पनि झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्थानीयका अनुसार हिजो(साेमबार( विद्यालयबाट घर फर्किरहेका एक बालक खोल्सोमा आएको बाढीले बगाउँदा उनको ज्यान गएको थियो। त्यसपछि बालककी ३८ वर्षीया आमा अमृता लेप्चा खत्री सम्पर्कविहीन भएकी थिइन्। स्थानीयवासी प्रदीप खड्काका अनुसार रातभर खोजी गर्दा उनी फेला परेकी थिइनन्। आज बिहान भने घरनजिकै झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। प्रारम्भिक रूपमा छोराको मृत्युको पीडा सहन नसकेर उनले आत्महत्या
झापा/ झापाको कन्काई नगरपालिका–४ कोटिहोमस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। बिहान करिब ६:३० बजे दमकतर्फबाट बिर्तामोड आउँदै गरेको मे.१.च.५१०४ नम्बरको पिकअपले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७०–७५ वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो।
धरान/ धरानमा एक युवामाथि खुकुरी प्रहार गरी फरार भएका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने मुख्य आरोपी अझै फरार रहेका छन्। धरान–५ झरना चोकका २० वर्षीय निलकमल राईमाथि खुकुरी प्रहार गरी फरार भएका धरान–५ का ३६ वर्षीय सुदीप राई, २६ वर्षीय सुजन परियार र २२ वर्षीय ससेस साहलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू स्थानीय एक टहरामा लुकिरहेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिए। डीएसपी राईका अनुसार (हिजो)आईतवार बिहान जंगलमा लुकेको सूचना पाए पनि दिउँसो उनीहरू टहरामा सामूहिक रूपमा बसेको अवस्थामा फेला परेपछि पक्राउ
धरान/ सुनसरीकाे धरानमा एक युवामाथि खुकुरी प्रहार भएको छ । धरान उपमहानगरपालिका–५ झरना चोकमा २० वर्षीय आशिष भनिने निलकमल राईमाथि खुकुरी हतियार प्रहार भएको छ। प्रहरीका अनुसार जोनसेना (यकिन नाम खुल्न बाँकी), सुमन लिम्बु, हनक राई र किरण राईसहित चार जनाले निलकमलमाथि ढाडमा खुकुरी हतियार प्रहार गरी फरार भएका छन्। गम्भीर घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयूमा उपचार भइरहेको छ। घटनालगत्तै इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट प्रहरी टोली परिचालन गरिएको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको
धरान/ सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा आइतबार घाँस काट्न गएकी एक महिलामाथि ढुंगा प्रहार भएको घटनापछि फेरि तनाव बढ्ने संकेत देखिएको छ । सम्भावित अप्रिय अवस्था रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । ढुंगाले लागेर देवानगन्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार घाँस काटिरहेका बेला बिहान ११ः३० बजेतिर ग्याँटिसले हानिएको ढुंगाले उनको टाउकोमा लागेको हो । यद्यपि, ढुंगा कसले प्रहार गर्यो भन्ने विषय अझै पुष्टि हुन नसके
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई जना युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । सरकार र पीडित पक्षबीच सहमति भएपछि कानुनी प्रक्रिया पूरा गरी शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको हो । गोलीकाण्डमा ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो । बिहीबार राति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम गरिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपछि आवश्
धरान/ सरकार र पीडित पक्षबीच औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। स्थानीयस्तरमा सहमति दबाबमा गराइएको भन्दै विरोध चर्किएपछि शव बुझ्न विराटनगर पुगेका परिवारका सदस्य र आफन्त पुनः गाउँ फर्किएका हुन्। यससँगै शुक्रबार दिउँसो २ बजे अन्त्येष्टि गर्ने सहमतिअनुसारको प्रक्रिया अन्योलमा परेको छ। शव नबुझाइएपछि पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन। प्रहरीले भने परिवार र स्थानीयसँग समन्वय गरी समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ। गत आइतबार राति देवानगञ्ज–३ कप्ता
धरान/ वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले सञ्चालन गरेको आन्दोलन अन्त्य भएसँगै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित देशभरका अस्पतालमा भाेलि (साउन १४) देखि नियमित स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। आन्दोलनका क्रममा बिपी प्रतिष्ठानमा आकस्मिक सेवाबाहेक ओपिडी तथा नियमित स्वास्थ्य सेवा प्रभावित भएका थिए। नेपाल चिकित्सक संघ, धरान शाखाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल चिकित्सक संघ र नेपाल सरकारबीच भएको सहमतिअनुसार नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने जानकारी दिएको हो। शाखाले सम्पूर्ण बिरामी तथा सेवाग्राहीलाई निर
आज केही मनका कुरा तपाईंहरूसँग बाँड्ने इच्छा जागेको छ। पछिल्ला केही दिनदेखि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन, नारायणी अस्पतालमा भएको अत्यन्त दुःखद घटना र त्यसपछि देशभर देखिएको परिस्थिति हेर्दा मन अत्यन्तै व्यथित भएको छ। त्यसैले एक स्वास्थ्यकर्मी, एक शिक्षक र एक जिम्मेवार नागरिकका रूपमा आफ्ना केही धारणा सार्वजनिक गर्न चाहन्छु। मेरो जन्म काठमाडौंमा भयो। प्रारम्भिक शिक्षा–दीक्षा पनि काठमाडौंमै सम्पन्न भयो। त्यसपछि विदेशमा चिकित्साशास्त्र अध्ययन गर्ने अवसर प्राप्त भयो। अध्ययन सकेपछि आफ्नो कर्मभूमिका रूपमा मैले नेपालको पूर्वी भूभाग, धरानस्थित वी.पी. कोइराला स्वा