स्वास्थ्य

    Showing ६१-७० of २,६०७ items.
  • धनकुटामा इभी र ट्यांकर ठोक्किँदा दुई जना घाइते, उपचारका लागि धरान पठाइयो

    धरान /धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सेल्फीडाँडामा विद्युतीय गाडी (इभी) र ट्यांकर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । मंगलबार कोशी लोकमार्गअन्तर्गत सेल्फीडाँडामा धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४४१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ७५२० नम्बरको ट्यांकर ठोक्किएका हुन् । दुर्घटनामा इभी चालक तेह्रथुमको फेदाप गाउँपालिका–१ का ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुरको पौवादुम्मा गाउँपालिका–३ चम्तामका ३८ वर्षीय कुलप्रसाद थापा मगर घाइते भएका छन् । प्रहरीका अनुसार मास्केको शरीरका विभिन्न भाग तथा खुट्टामा चोट लागेको छ भने था

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • २७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा स्कुटी रोकेर जाँच गर्दा धरानका दुई जनाको साथमा ब्राउन सुगर

    धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मुसहरीटोलबाट लागूऔषध ब्राउन सुगर सहित धरानका दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार साेमबार साँझ ५ः३० बजे लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको को ३१ प ८८८५ नम्बरको स्कुटीलाई शंका लागेर प्रहरीले रोकेर जाँच गरेको थियो। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले स्कुटी चालक धरान उपमहानगरपालिका–१७ का २७ वर्षीय हेम राई र पछाडि सवार सोही ठाउँका ४४ वर्षीय जयबहादुर खड्गीलाई खानतलासी गर्दा ब्राउन सुगर  १ ग्राम ३८० मिलिग्राम फेला पारेको हो। प्रहरीले उनीहरूलाई उक्त पदार्थ र स्कुटीसहित नियन्त्रणमा लिएर इलाका प्

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ५०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो १ लाख १२ हजार १११ रुपैयाँ

    धरान/  सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय कलेजले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा साथ दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार १११ रुपैयाँ सहयोग गरेको छ। गत भदौ १० गते भएको अकल्पनीय प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले युएन नवोदय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय, +२, कलेज र व्यवस्थापनको संयुक्त पहलमा संकलित रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा जम्मा गरिएको हो। विपत्तिका बेला पीडितको दुःखमा साथ दिनु सामाजिक

    • प्रकाशित मितिः भदौ २९, २०८३
    • १६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोटरसाइकलको डिकीभित्र लुकाएर ल्याइएको ब्राउन सुगरसहित ५५ वर्षीय नारायण पक्राउ

    सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिकामा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। हरिनगर गाउँपालिका–६ स्थित भित्री सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५८ प ८३७२ नम्बरको मोटरसाइकललाई प्रहरीले शंका लागेर जाँच गरेको थियो। प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक हरिनगर गाउँपालिका–५ का ५५ वर्षीय नारायण मेहताको खानतलासी गर्दा मोटरसाइकलको डिकीभित्र कालो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ६ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो। प्रहरीका अनुसार मेहताको साथबाट नेपाली रुपैयाँ २५ हजार ४६५ र भारतीय रुपैयाँ ५५० समेत बरामद भए

    • प्रकाशित मितिः भदौ २९, २०८३
    • २०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका राजको शरीरभित्रै भेटियो ब्राउन सुगर

    सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रहरीले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका–६ का २८ वर्षीय मदन सुवेदी र धरान उपमहानगरपालिका–५ का २२ वर्षीय राज राई रहेका छन्। प्रहरीका अनुसार भदौ २७ गते दिउँसो भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकही र प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको संयुक्त टोलीले भुटाहाबाट फुलचोकतर्फ पैदल आउँदै गरेका दुवै जनालाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मदन सुवेदीको साथबाट ५ ग्राम १८० मिलिग्राम ब्राउन सुग

    • प्रकाशित मितिः भदौ २९, २०८३
    • ३०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा शंकास्पद अवस्थामा हिँडिरहेका संजिवको साथबाट ब्राउन सुगर बरामद

    धरान/ धरान–७ स्थित हिमालय पेट्रोल पम्पबाट ब्राउन सुगर  लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका–५ का ३० वर्षीय संजिव दास रहेका छन्। आईतवार  बिहान करिब ९ः२० बजे बरगाछीस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिमालय पेट्रोल पम्प क्षेत्रमा शंकास्पद अवस्थामा रहेका दासलाई रोकेर खानतलासी गरेको थियो। त्यस क्रममा उनको साथबाट ०.३ ग्राम अर्थात् ३०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित नियन्त्रणमा लिइएका दासलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थ

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ६३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १९ दिनसम्म सास–लासको पत्तो नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि

    झापा/ भोटेकोशीमा बाढी आएको दिनदेखि १९ दिनसम्म छोरा फर्किने बाटो हेरेका झापाको बिर्तामोड–३ का ७९ वर्षीय शान्तिराम आचार्यले आइतबार आफ्नै हातले छोराको कुशको शवमा दागबत्ती दिए। आँखाअघि छोराको शव थिएन, थियो त केवल कुशबाट बनाइएको प्रतीकात्मक शरीर। बाढीले छोरा बेपत्ता बनाएपछि शान्तिरामको परिवारले १९ दिनसम्म एउटै आशामा दिन काट्यो—कतै जीवितै भेटिएला कि ? तर खोजीका क्रममा न सास भेटियो, न लास। अन्ततः परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर परिवारले राजेन आचार्यको अन्तिम संस्कार गरेको छ। बिर्तामोड नगरपालिका–३, बिर्ताबजार रंगशाला टोलका ५२ वर्षीय राजेन आचार्य भदौ १० गते बिहान

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • १२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटी सफारीको ठक्करबाट घाइते वृद्धलाई सडकमा छाडेर फरार, वृद्धको मृत्यु भएपछि चालक पक्राउ

    विराटनगर/  विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा चालकले बाटोमै छाडेर फरार भएको खुलेको छ। विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो। सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी उपचारका लागि त्यही सिटी सफारीमा राखेर पठाएका थिए। तर, अस्पताल लैजानुपर्ने घाइते बस्नेतलाई चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर सिटी सफारीसहित फरार भएको मोरङ प्रहरी प

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • १५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४० वर्षसम्म फरार हत्याका दोषी घरबाटै पक्राउ

    विराटनगर/  मोरङमा ४० वर्षअघि भएको हत्याका दोषी तीन जना लामो समयपछि पक्राउ परेका छन् । अदालतबाट कैद सजाय तोकिए पनि फरार रहेका बेलबारी नगरपालिका–४ का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा बुधबार राति उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । तीनै जनाविरुद्ध चलाइएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले २०६१ जेठ १० गते कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • २१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमान् र बाबुको हत्या गर्ने आमाछोरा पक्राउ

    पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै पति र बाबुको हत्या गरी घटनालाई आत्महत्याको रूप दिन खोज्ने आमाछोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–३ आहाले निवासी ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन। ४८ वर्षीय इन्द्रकुमार दमाई भदौ २० गते छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवको अवस्था र घटनास्थलको प्रकृति शंकास्पद देखेपछि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • २९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved