४० वर्षसम्म फरार हत्याका दोषी घरबाटै पक्राउ

  • भदौ २६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  मोरङमा ४० वर्षअघि भएको हत्याका दोषी तीन जना लामो समयपछि पक्राउ परेका छन् । अदालतबाट कैद सजाय तोकिए पनि फरार रहेका बेलबारी नगरपालिका–४ का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा बुधबार राति उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । तीनै जनाविरुद्ध चलाइएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले २०६१ जेठ १० गते कैद सजायको फैसला गरेको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्च अदालतले २०६२ चैत ११ गते तल्लो अदालतको फैसला सदर गरेपछि उनीहरु कैद भुक्तानका लागि पक्राउ पर्नुपर्ने थियो । तर, सजाय भुक्तान नगरी उनीहरु फरार रहँदै आएका थिए ।

फैसलाअनुसार रामकुमार राईलाई २० वर्ष तथा बालकुमार राई र बाबुराम राईलाई जनही पाँच वर्ष कैद सजाय तोकिएको छ ।

अदालतको अभिलेखअनुसार घटना २०४३ असार १५ गते भएको हो । तत्कालीन डाँगीहाट गाविस–८ र बाहुनी गाविस–१ को सीमामा पर्ने खेतमा घाँस काटेको विषयलाई लिएर विवाद भएपछि भएको झगडाका क्रममा रामकुमारले खुकुरी प्रहार गर्दा आशाराम खवासको मृत्यु भएको फैसलामा उल्लेख छ ।

खुकुरी प्रहारबाट खवासको टाउकोको देब्रे भागमा करिब चार इन्च लामो चोट लागेको लासजाँच मुचुल्काबाट खुलेको थियो । घटनास्थलमै मृत्यु भएका खवासको हत्यामा रामकुमारसँगै बालकुमार र बाबुरामसमेत संलग्न रहेको ठहर अदालतले गरेको थियो ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले अदालतमा बुझाएको थियो । अदालतले उनीहरुलाई तोकिएको कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

-प्रदेश खबरबाट

 

श्रीमान् र बाबुको हत ...

पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै पति र बाब ...

भाँडा माझिरहेकी महिल ...

झापा गाउँपालिका–७ मदरगाछमा मादक पदार्थ सेवन गरी म ...

कांग्रेस सुनसरी क्षे ...

बराहक्षेत्र/ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ कार्यस ...

प्रधानमन्त्री बालेनक ...

काठमाडौँ/ प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved