सिटी सफारीको ठक्करबाट घाइते वृद्धलाई सडकमा छाडेर फरार, वृद्धको मृत्यु भएपछि चालक पक्राउ

  • भदौ २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा चालकले बाटोमै छाडेर फरार भएको खुलेको छ।

विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो।

सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी उपचारका लागि त्यही सिटी सफारीमा राखेर पठाएका थिए।

तर, अस्पताल लैजानुपर्ने घाइते बस्नेतलाई चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर सिटी सफारीसहित फरार भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। समयपछि मालपोत कार्यालयनजिकै बस्नेत मृत अवस्थामा भेटिएका थिए।

आइतबार बिहान करिब ६ः३० बजे मालपोत कार्यालयनजिकै एक वृद्ध पुरुष मृत अवस्थामा रहेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मकेन्द्रकुमार मिश्रको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।

सुरुमा मृतक वृद्धको पहिचान हुन सकेको थिएन। पछि विराटनगर–८ का माधव बस्नेतले मृतक आफ्ना बुवा तीर्थराज बस्नेत रहेको भन्दै सनाखत गरेका थिए।

एसपी कटवालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका वृद्धलाई अस्पताल पुर्‍याएर उपचार गराउनुको सट्टा सडकमा छाडेर चालक फरार भएको घटना अमानवीय देखिएको छ।

‘अस्पताल लगेर भर्ना गरेको भए वृद्धको ज्यान बच्ने थियो । तर, सडकको किनारमा फालेर चालक फरार भएछन् । पछि मृत्यु भएको अवस्थामा वृद्धको शव भेटियो,’ एसपी कटवालले भने।

दुर्घटनापछि सिटी सफारीसहित फरार भएका चालकको प्रहरीले खोजी तीव्र पारेको थियो। खोजीका क्रममा आइतबार बिहान करिब ८ः३० बजे मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट ५५ वर्षीय अर्जुन भगतलाई प्रहरीले पक्राउ गरेको एसपी कटवालले बताए।

पक्राउ परेका भगतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाबारे सोधपुछ तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक बस्नेतको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved