स्वास्थ्य

    Showing 631-640 of 2,446 items.
  • बिरामीको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड

    विराटनगर/ मोरङको कटहरी गाउँपालिका–१ का ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि निधन भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा हुलदंगा र तोडफोड भएको छ। गम्भीर अवस्थामा रहेका महतोको बिहीबार साँझ कोशी अस्पताल हुँदै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेकै क्रममा राति ११ बजे निधन भएको हो। विष सेवन गरेको प्रारम्भिक पुष्टि भइसकेको छ भने उनकी पत्नी अनितादेवीले विष सेवनको कारण थाहा नभएको बताएकी छन्। मृत्युको खबर फैलिएसँगै शुक्रबार बिहान १:३० बजे दर्जनौं आफन्त र छिमेकी अस्पताल पुगेका थिए। उनीहरूले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै तोडफोड र ढुंगामुढा सुरु गरे। मोरङका प्रहरी प्रम

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 1,455 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा युरोलोजीष्ट डाक्टरको अन्तराष्ट्रिय कार्याशाला : उपचारमा फड्को मार्दै विपी प्रतिष्ठान

    धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला विग्रीएकोे उपचारका विषयमा धरान स्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा दुई दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुपाईन पिसीएनएल र ल्याप्रोस्कोपीक सर्जरी सम्बन्धि अन्तराष्ट्रिय स्तरको कार्यशाला सम्पन्न भएको हो । प्रतिष्ठानको सर्जरी बिभाग अर्न्तगत युरोलोजी डिभिजनको आयोजना तथा ब्यबस्थापनमा सम्पन्न कार्याशालाले प्रतिष्ठानमा युरोलोजी सम्बन्धि उपचारमा थप सहजता र हौसला प्राप्त भएको प्रतिष्ठानका युरोलोजी डिभिजन इन्चार्ज एसोसिएट प्रोफेसर रिकेशजंग कार्किले बताए ।

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 1,657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिफन्टद्धारा आफ्ना सदस्यलाई २ लाख ९० हजार राहत प्रदान

    काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भिर प्रकृतिको रोग लाग्दा राहत उपलब्ध गराउने गरि नेपाल ट्रड युनियन महासंघ जिफन्टले सञ्चालन गर्दै आइरहेको ऐक्यबद्धता कोषको १९ औँ बैठकले १२ जना सदस्यहरुलाई २ लाख ९० हजार सहयोग गर्ने भएको छ । बुधबार कोषको बैठकले आफ्ना १२ जना सदस्यहरुलाई जनही २५ हजार रुपैयाका दरले र मृत्यु भएका एकजनालाई १५ हजार राहत सहयोग गर्ने निर्णय गरिएको जिफन्टका महासचिव लक्ष्मण शर्माले बताउनुभयो । जिफन्ट र घटक युनियनको नियमित सदस्यता नविकरण र शुल्क बुझाउने सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भिर प्रकारका रोगबाट पीडित र दिवंगतलाई राहत सह

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी

    धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम भएको छ ।प्रतिष्ठानको सर्जरी विभाग अन्तर्गत पर्ने युरोलोजी डिभिजनको समन्वयमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी कार्यक्रम भएको हो । बीपी प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार सुपिने पिसीएनएल र ल्याप्रोस्कोपिक सर्जरीसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले भएको दुई दिने कार्यक्रममा अन्तराष्ट्रिय स्तरको विशेषज्ञ चिकित्सकबाट सैद्धान्तिक र व्यवहारिक ज्ञानको उपलब्ध भएको बताइएको छ । कार्यशाला गोष्ठी चैत १४ र १५ गते भएको थियो । कार्यक्रमक

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रा.डा शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी

    धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्माले निमित्त उपकुलपतिको जिम्मेवारी पनि पाएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकाल समाप्त भएसंगै रिक्त रहेको उपकुलपतिका जिम्मेवारीलाई निरन्तता दिन बैशाख ४ गते प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेका थिए । निमित्त उपकुलपति प्रा. डा.शर्माले आइतबारदेखि नै कार्यभार सम्हालिसकेका छन् । चैत २६ गते डा.ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएपछि प्रतिष्ठान उपकुलपतिविहिन भएको थियो । उपकुलपति विहीन अवस्थामा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 754 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २४ केजी गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार

    सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू औषध गाँजाको ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष चेकजाँच चलाउँदा २४ केजी गाँजासहित एक युवकलाई पक्राउ गरिएको छ। ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको गस्ती टोलीले मंगलबार साँझ ७:५० बजे फुलचोक–विराटनगर सडकखण्डमा रातो–कालो रंगको पल्सर मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा सो मोटरसाइकल प्रहरीलाई नटेरी तीव्र गतिमा भागेको थियो। प्रहरीले तत्कालै पिछा गर्दै हरिनगरा गाउँपालिका–४ को बजार क्षेत्रमा स्थानीयवासीको सहयोगमा मोटरसाइकलको पछाडि सवार युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने युवक सप्तरी कञ्चनपुर स्थायी

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालको बलिङ र ब्याटिङ दुवैमा दबदबा, हङकङलाई ९ विकेटले हरा

    काठमाडौं/ आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल अपराजित यात्रा जारी राख्दै तेस्रो जित हात पार्न सफल भएको छ। (बुधबार) आज तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ९ विकेटले सहजै पराजित गर्दै बलिङ र ब्याटिङ दुवै क्षेत्रमा दबदबा जमायो। हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्‍यो। ओपनर साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे। सुरुवातमा निरज यादवले २३ रनको योगदान दिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हङकङ ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमै सीमित भयो। हङकङका लागि शिव माथुरले

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 691 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १९ केजी गाँजासहित तीन जना पक्राउ

    सुनसरी/धरान उप-महानगरपालिका वडा नं. १३ आपगाछीस्थित अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले ठूलो परिणाममा लागू औषध गाँजा बरामद गरेको छ। प्रहरीका अनुसार मंगलबार राति करिब ११ बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटोलाई शंका लागि जाँच गर्दा झण्डै १९ केजी गाँजा बरामद भएको हो। अटोमा दुईवटा कालो झोलामा सेतो प्लास्टिकले प्याक गरिएको अवस्थामा १८ वटा पोका फेला परेका थिए। उक्त अटोका चालक धरान उप-महानगरपालिका–४ निवासी ४८ वर्षीय जोक बहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र अटोमा सवार धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–३ निवासी ३६ वर्षीय सुरज लिम्बुलाई प्रहरील

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 2,563 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हेड तथा स्पाइनल इन्जुरीको उपचार अब आर्य न्युरो अस्पतालमा एक लाख सम्मको निःशुल्क

    बिराटनगर/  नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको “विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका २०८०” अनुसार अब आर्य न्युरो अस्पताल, बिराटनगरमा ‘हेड तथा स्पाइनल इन्जुरी’ भएका बिरामीहरूले १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने भएका छन्। आर्य न्युरोसरजिकल एन्ड एलाइड साइन्सेस प्रा.लि.ले दिएको जानकारीअनुसार, गम्भीर प्रकृतिका मस्तिष्क तथा मेरुदण्डसम्बन्धी चोटपटक(हेड र स्पाइनल इन्जुरी) भएका बिरामीहरूलाई अब सहज रुपमा राहत मिल्नेछ। सेवा प्राप्त गर्नुपर्ने आवश्यकताहरू कुनै पनि आकस्मिक दुर्घटनामा परेर टाउको वा मेरुदण्डमा समस्या भएको अवस्था

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीकी महिलाको रहस्यमय हत्या, चार जना नियन्त्रणमा

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या रहस्यमय बन्दै गएको छ। अनुसन्धानका क्रममा प्रहरी मृतकका परिवारका चार सदस्यलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। बिहीबार पहिचान खुलेकी ती महिला धनकुटा महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको प्रहरीले जनाएको छ। उनी पछिल्लो दुई वर्षयता इटहरी उपमहानगरपालिका–२ हलगडामा १३ वर्षीय छोरासँग डेरा गरेर बस्दै आएकी थिइन्। प्रहरी स्रोतका अनुसार घटनास्थलबाट प्राप्त संकेतहरूपछि मृतकका देवर, देउरानी, नन्दसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूम

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 1,386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved