श्रीमतीलाई ‘खोकीको औषधि’ भन्दै विष खुवाएर मार्न खोज्ने श्रीमान पक्राउ

  • जेठ २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/  झापाको दमकमा एक व्यक्तिले श्रीमतीलाई खोकीको औषधिको बहानामा विष खुवाएर हत्या प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति सप्तरी शम्भुनाथ नगरपालिका–२ घर भई हाल दमक–१ सुम्निमा टोलमा डेरा गरी बस्दै आएका २५ वर्षीय दिलीपकुमार मरिक डोम हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नी श्रीमती रेनु मरिकलाई ‘कफ सिरप’ भन्दै विष खुवाउन खोजेका थिए। विष सेवन गराएर ज्यान लिन खोजिएको रेनुको बयानलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिम्सिनाले भने, "यसअघि पनि श्रीमानले उनलाई आगो लगाएर मार्न खोजेको बयान रेनुले दिएकी छिन्।"

दम्पतीका एक छोरा र एक छोरी छन्। घटना पछि फरार रहेका डोमलाई इलाका प्रहरी कार्यालय दमक र कल्याणपुर (सप्तरी) बाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार सप्तरीको कल्याणपुरबाट पक्राउ गरेको हो।

हाल उनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए। अदालतबाट ५ दिनको म्याद थप गरिएको छ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved