धरानको गौरव बीपी अस्पतालभित्रै म्याद गुज्रिएको खाना, सरसफाइ शून्य!

  • जेठ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेशको सुन्दर नगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुन स्वास्थ्य सेवाको प्रतीकका रूपमा चिनिन्छ, त्यसै भित्रका क्यान्टिनहरूमा म्याद गुज्रिएको खाद्य सामग्री र सरसफाइको पूर्ण अभाव भेटिएको छ।

धरान उपमहानगरपालिकाको अनुगमन महाशाखाले बीपी प्रतिष्ठान र विजयपुर अस्पतालमा अनुगमन गर्दा यस्तो भयावह अवस्था देखिएको हो।

अनुगमनका क्रममा क्यान्टिनमा विक्रीको लागि राखिएका थुप्रै सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिए, त्यस्तै दुई–तीन दिनअगाडि पकाइएका बासी परिकारसमेत बिक्री हुँदै आएका थिए।

यसबारे क्यान्टिन सञ्चालकहरूलाई तत्काल सुधारको निर्देशन दिइएको छ।

"सरोकारवाला गम्भीर देखिएनन्"

धरान उपमहानगरपालिकाका उपमेयर तथा अनुगमन संयोजक अइन्द्रविक्रम बेघाले अनुगमनका क्रममा देखिएको अवस्था चिन्ताजनक भएको बताए।

"विरामी र कुरुवाका लागि सेवा दिने भनिएका क्यान्टिनमै स्वच्छता र म्यादको बेवास्ता हुनु लाजमर्दो हो," उनले भने।

साथै, क्यान्टिन सञ्चालकहरूलाई म्याद गुज्रिएको सामग्री तत्काल नष्ट गर्न र भविष्यमा यस्ता त्रुटि नदोहोर्याउने चेतावनी दिइएको छ।

अनुगमनमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगु, इलाका प्रशासन कार्यालयका प्रतिनिधि, नगरको अनुगमन शाखा प्रमुख वेदप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो।

उनीहरूले पुनः यस्तै लापरबाही देखिएमा कडा कारबाही गरिने चेतावनी पनि दिएका छन्।

"स्मार्ट सिटीको सपना, फोहोर भान्सामा?"

स्वास्थ्य संवेदनशील क्षेत्रका रूपमा चिनिएको बीपी प्रतिष्ठानभित्रै यस्तो दुर्व्यवस्था देखिनु न त अस्पताल प्रशासनका लागि गौरवको कुरा हो, न त धरानको नाममा सुहाउने।

धरान स्मार्ट सिटी बन्ने योजनामा अघि बढिरहँदा अस्पताल जस्तो आधारभूत सेवाको क्षेत्रमा यस्तो लापरबाहीले गम्भीर प्रश्न उठाएको छ।

क्यान्टिन सञ्चालकहरूले पूर्वतयारी नगरी अर्डर आउनासाथ ताजा खाना दिने प्रतिबद्धता जनाए पनि विगतमा त्यही स्थानका बासी खाना खाएर बिरामी परेको गुनासोहरू लगातार आइरहेका छन्।

यस्तो अवस्थामा न त सञ्चालक गम्भीर देखिन्छन्, न त निगरानी गर्ने निकायले प्रभावकारी भूमिका खेल्न सकेका छन्।

अब अस्पताल प्रशासन र सरोकारवाला निकायहरूले दिखावटी अनुगमनभन्दा बाहिर निस्केर कडाइका साथ नियम कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved