बीपीमा स्वास्थ्य बीमाबाट उपचार झन्झटिलो, औषधि लिन घण्टौँ लाइन

  • जेठ २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाबाट उपचार गराउन अत्यन्तै झन्झटिलो प्रक्रिया सामना गर्नुपर्ने सेवाग्राहीहरू बताउँछन्।

विमा सुविधा सहज बनाउने उद्देश्य लिएर सरकारले सुरु गरेको यो कार्यक्रम बिरामीहरूका लागि झन् तनावदायी बन्दै गएको गुनासो सर्वसाधारणको छ।

धनकुटाका कुवेर गुरुङले बीपीमा स्वास्थ्य बीमाको सेवा उपयोग गर्दा पटक–पटक लाइन बस्नुपर्ने बाध्यता रहेको बताए। “विमा बिल काटेपछि स्क्यानिङ गर्न लाइन, स्क्यानिङपछि पुनः बिल कटाउन लाइन अनि औषधि लिन अर्को लामो लाइन,” उनले भने, “त्यसमाथि फार्मेसीमा मूल्यसूची नै राखिएको छैन।”

त्यस्तै, सप्तरीबाट उपचारका लागि आएका रतन साहले पनि त्यही समस्याको अनुभव सुनाए। उनले भने, “बिल काट्नेदेखि औषधि लिनेसम्म सधैं लाइनमा बस्नुपर्छ। केही बुझ्न खोज्दा कर्मचारीहरूले राम्रो व्यवहार गर्दैनन्। कतिपय त झर्किन्छन् पनि।”

यो समस्याबाट उनीहरू मात्र होइन, दैनिक सयौँ बिरामी हैरानीमा परिरहेका छन्। सेवा दिने नाममा करोडौँ रुपैयाँ खर्चेर नयाँ फार्मेसी भवन निर्माण गरिए पनि न पर्याप्त काउन्टर छ, न कर्मचारी। एकै स्थानबाट औषधि वितरण गरिँदा सेवाग्राहीहरू घण्टौँ लाइनमा बस्न बाध्य छन्।

२०८१ माघमा फार्मेसी भवन उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बीमा अन्तर्गतका सम्पूर्ण औषधि उपलब्ध गराउनुका साथै मूल्यसूची र औषधिको विवरण खुला रूपमा राख्न निर्देशन दिएका थिए। तर चार महिना बित्दासमेत न मूल्यसूची राखिएको छ, न औषधिको विवरण टाँसिएको छ।

प्रतिष्ठानले करिब एक दशकदेखि आफ्नै फार्मेसी सञ्चालन गर्दै आएको भए पनि अझै पनि सबै प्रकारका औषधिहरू उपलब्ध छैनन्। कतिपय औषधि त पैसा तिरेर पनि पाइँदैनन्।

फार्मेसीको व्यवस्थापनमा गम्भीर कमजोरी देखिँदा समेत प्रतिष्ठान प्रशासन मौन छ। फार्मेसीको व्यवस्थाबारे जानकारी लिन खोज्दा कसैले पनि आधिकारिक रूपमा बोल्न नचाहेको सेवाग्राहीहरूको गुनासो छ।

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved