सुनसरीमा लागू औषधसहित तीन युवा पक्राउ

  • जेठ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

ईनरुवा/ सुनसरीको ईनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा लागू औषधसहित तीन जना युवक पक्राउ परेका छन्।

शुक्रबार दिउँसो ५ बजे सखुवागाछीबाट खटिएको प्रहरी टोलीले पूर्वतर्फ जाँदै गरेको एक समूहलाई शंका लागेर चेकजाँच गर्दा लागू औषधसहित उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय विवेक अधिकारी, २२ वर्षीय मनोज परियार र २६ वर्षीय मनिष राई रहेका छन्।

गोप्य सूचनाका आधारमा चेकजाँच गरिएको क्रममा मनोज परियार र मनिष राईको साथबाट प्लास्टिकमा पोको पारिएको खैरो हिरोइन जस्तो देखिने लागू औषध ४.८२ ग्राम (प्लास्टिक बाहेक शुद्ध तौल ३.३७ ग्राम) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

त्यस्तै विवेक अधिकारीको साथबाट नाइट्राजेपाम लेखिएको चार वटा ट्याबलेट समेत फेला पारिएको छ।

लागू औषधसहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved