स्वास्थ्य

    Showing 41-50 of 2,527 items.
  • फोनमा ठूलो स्वरमा बोलेको विषयले लियो ज्यान, तीन छोरासहित गर्भवती श्रीमतीको बिचल्ली

    बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा सँगै लेबर काम गर्दै आएका साथीबीचको सामान्य विवाद हत्यासम्म पुगेको छ। फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सुरु भएको झैझगडाले एक जनाको ज्यान गएपछि प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। गत साउन २६ गते राति अन्दाजी ९ः४० बजे काठेखोला गाउँपालिका–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै आएका ३६ वर्षीय अशोक खत्रीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले खत्रीमाथि धारिलो चक्कु

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • 232 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा नगर अस्पतालबाटै मोतिया बिन्दुको अप्रेसन

    वराहक्षेत्र/ बराहक्षेत्र नगर अस्पताले मार्सिक रुपमा मोतिया बिन्दुको अप्रेसन कार्यक्रमको नियमितमा संचालन गरेसंगै मोतिया बिन्दुको अप्रेसन गर्न स्थानिय सेवा ग्राहिलाई नगर बाहिर जानू पर्ने वाध्यताको अन्त्य भएको छ । नगर अस्पताले मार्सिक रुपमा मोतिया बिन्दुको अप्रेसन कार्यक्रमको नियमितमा संचालन गर्दै आएको छ । चक्रघट्टि स्थित बराहक्षेत्र नगर अस्पताल अन्तर्गत सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रमा मोतिया बिन्दुको अप्रेसन कार्य सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । अस्पताले मोतिया बिन्दुको परिक्षण गर्ने र मोतिया बिन्दुको निशुल्क रुपमा शल्यक्रिया अर्थात अप्रेसन कार्य गर्ने गरेको छ । नि

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • 90 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय बालक

    नवलपरासी/  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन्। अबोध बालक जंगलमा हराएपछि परिवार, आफन्त र स्थानीयवासीमा छाएको चिन्ता र पीडा बालक भेटिएसँगै खुसीमा परिणत भएको छ। भागर निवासी हेमकुमारी आले च्याउ टिपेर घर फर्कने क्रममा उनका नाती हराएपछि परिवारले बालकको खोजीका लागि स्थानीयवासी तथा सुरक्षाकर्मीलाई खबर गरेका थिए। बालक कहाँ पुगे होलान् भन्ने चिन्ताले परिवार मात्रै होइन, सिंगो गाउँ नै बेचैन बनेको थियो। बालकको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी निरन्तर खटिएका थिए। सशस्त्र प्रहरी बल नेपाल औद्योगिक

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 241 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागु औषधसहित सुनसरीबाट पाँच युवा पक्राउ

    धरान/ इटहरी उपमहानगरपालिका–८ स्थित बिजुली अफिस नजिकबाट प्रहरीले खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र अस्थायी प्रहरी बिट पूर्वी गैसारबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २६ वर्षीय निकेश माझी, इटहरी उपमहानगरपालिका–८ का २२ वर्षीय युवराज विक, मोरङको केरावारी गाउँपालिका–१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापाको अर्जुनधारा नगरपालिका–

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 377 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतराधामको दुर्वासा वैकुण्ड मोक्ष घाटमा शव दाहा स्थल निर्माण

    बराहक्षेत्र/बराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित दुर्वासा वैकुण्ड मोक्ष घाटमा शव दाहा स्थल निर्माण गरिएको छ । नगरपालिकाले दुर्वासा घाट वैकुण्ड मोक्ष व्यवस्थान गर्ने योजना अनुसार मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिसंगको सहकार्यमा उक्त दुर्वासा वैकुण्ड मोक्ष घाट क्षेत्रमा ६ बटा शव दाहा स्थल , बिश्राम स्थल , सौचालय , खानेपानी लगायका संरचनाहरु निर्माण भएका छन् । नगरपालिकाको कार्यालय , मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिको सहकार्यमा उक्त संरचनाहरु निर्माण गरिएको हो । धार्मिक तथा पौराणिक महत्वको उक्त दुर्वासा घाट क्षेत्रमा संरचना   व्यवस्थ

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 164 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरपालिकामा सोमबार शोक बिदा

    धरान/ धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गत धरान स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियन लुना अधिकारीको असामयिक निधन भएपछि धरान उपमहानगरपालिकाले सोमबार (आज)एक दिन शोक बिदा दिने निर्णय गरेको छ। अधिकारीको सोमबार असामयिक निधन भएको खबरले धरान उपमहानगरपालिका परिवारलाई स्तब्ध बनाएको जनाउँदै नगरपालिकाले दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। कार्यवाहक नगरप्रमुखस्तरीय निर्णयअनुसार सोमबार धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, अत्यावश्यक सेवा बाहेकका मातहतका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थामा शोक बिदा दिइएको हो। नगरपालिकाका अनु

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 305 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १ हजार ७ सय ३५ थान लागूऔषधसहित दुई युवक पक्राउ

    धरान/सुनसरीको धरानमा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। धरान उपमहानगरपालिका–८ स्थित आकाश चोकमा शुक्रबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको पीआईटी र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान–८ का २८ वर्षीय मनोज पाण्डे र धरान–१५ का २२ वर्षीय पवन सापकोटा रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामोल ८७० क्याप्सुल र स्पास्पेन ८६५ ट्याब्लेट गरी जम्मा १ हजार ७ सय ३५ थान लागूऔषध बरामद भएको छ। लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इ

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 944 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोटेपुलमा शंकास्पद अवस्थामा हिँडिरहेका युवकको साथबाट ३९० थान लागूऔषध बरामद

    धरान/ धरानको भोटेपुलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। बुधबार राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान–८ भोटेपुलमा हिँडिरहेका २८ वर्षीय बुद्ध लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो। खानतलासीका क्रममा लिम्बुको साथबाट ट्रामोल १७० क्याप्सुल, स्पास्पेन १७० ट्याब्लेट र कोलिबान ५० ट्याब्लेट गरी जम्मा ३९० थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३०४ ग्राम ब्राउन सुगरसहित भारतीय युवक पक्राउ

    सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ उल्टीमोडबाट प्रहरीले ३०४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला पतरा पञ्चायत–६ का १९ वर्षीय ईस्मत उल्हा रहेका छन्। बुधबार साँझ करिब ७ः३० बजे दक्षिणबाट उत्तरतर्फ पैदल आउँदै गरेका उल्हालाई शंकाका आधारमा खानतलासी गर्दा ब्राउन सुगर ३०४ ग्राम ११० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उल्हालाई जिल्ला प्रह

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 170 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बलात्कार आरोपमा फरार ललितपुरका डंगोल काकडभिट्टाबाट पक्राउ

    झापा/झापाको मेचीनगरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका ललितपुरका एक पुरुषलाई प्रहरीले काकडभिट्टाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ का करिब ४७ वर्षीय प्रवेक डंगोल रहेका छन्। प्रहरीका अनुसार २०८२ साल फागुन २५ गते राति मेचीनगर नगरपालिका–१३ चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा डंगोलविरुद्ध मुद्दा दर्ता भएको थियो। घटनापछि उनी फरार रहेका थिए। अनुसन्धानका क्रममा प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। सोही क्रममा २०८३ साल साउन २६ गते दिउँसो करिब ३ बजे डंगोल भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचना प्रहरीले प्राप

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 207 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved