चतराधामको दुर्वासा वैकुण्ड मोक्ष घाटमा शव दाहा स्थल निर्माण

  • भदौ १, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/बराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित दुर्वासा वैकुण्ड मोक्ष घाटमा शव दाहा स्थल निर्माण गरिएको छ ।

नगरपालिकाले दुर्वासा घाट वैकुण्ड मोक्ष व्यवस्थान गर्ने योजना अनुसार मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिसंगको सहकार्यमा उक्त दुर्वासा वैकुण्ड मोक्ष घाट क्षेत्रमा ६ बटा शव दाहा स्थल , बिश्राम स्थल , सौचालय , खानेपानी लगायका संरचनाहरु निर्माण भएका छन् ।

नगरपालिकाको कार्यालय , मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिको सहकार्यमा उक्त संरचनाहरु निर्माण गरिएको हो ।

धार्मिक तथा पौराणिक महत्वको उक्त दुर्वासा घाट क्षेत्रमा संरचना  

व्यवस्थापन , सौन्दर्यकरण गर्ने उदेश्य अनुसार निर्माण भएको शव दाहा स्थलको सोमवार धार्मिक बिधिगत् रुपमा लोकार्पण गरिएको हो । उक्त शव दाहा स्थलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रका प्रथम जगदगुरु वालसन्त मोहनशरणले दिप प्रज्वलन गरेका थिए ।

चतरा स्थित दुर्वासा वैकुण्ड मोक्ष घाटलाई व्यवस्थापन तथा सौन्दर्यकरण गर्न नगरपालिकाले मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिसंग सहकार्य गरि शब दाहा स्थल , बिश्राम स्थल , सौचालय , खानेपानी लगायतका काम सम्पन्न गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

घाट क्षेत्रमा आवश्यक भौतिक संरचना निर्माण , सौन्दर्यकरण र घाट क्षेत्रको संरक्षणमा काम हुने नगर प्रमुख कार्कीले बताए । 

नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षतामा आयोजना भएको लोकापर्ण कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राधिका गिरि , प्रदेश योजना आयोगका सदस्य नारायण कोईराला, वडा नं २ का अध्यक्ष होम प्रसाद गौतम, वडा नं ३ का अध्यक्ष राजदिप लामा, वडा नं ४ का अध्यक्ष आशाराम चौधरी , वडा नं ५ का अध्यक्ष रोहित काफ्ले, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, बृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्ष प्रकाश बस्नेत , मारवडी सेवा समिति धरानका अध्यक्ष पितरुमल अग्रवाल , वडाका जनप्रतिनिधिहरु , स्थानिय संघसंस्थाका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधि,मारवडी सेवा समिति धरानका पदाधिकारीहरु , सल्लाहकारहरुको उपस्तिथि रहेको थियो।

सुनसरीमा जुटको मूल्य ...

सुनसरी/ भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा ...

धरानमा ट्राफिक प्रहर ...

धरान/ ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात गर ...

युएन कलेज धरानमा बीए ...

धरान/ युएन कलेज धरानमा सञ्चालित ब्याचलर इन होटल म्यानेज ...

धरान उपमहानगरपालिकाम ...

धरान/ धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved