विराटनगर/ कोशी प्रदेशमा ट्राफिक नियमको अवज्ञा र लापरवाहीका कारण सोही अवधिमा ४१८ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने २ लाखभन्दा बढी सवारीसाधनलाई कारबाहीमा परेका छन भने चार सय १८ जनाल ज्यान गुमाएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार २ लाख १३ हजार ६९५ सवारीसाधन कारबाहीमा परेका छन्। यसबाट १६ करोड २९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।प्रदेशका १४ वटै जिल्लामा क्रियाशील ९६ ट्राफिक इकाइहरूले नियमित चेकजाँच, निगरानी तथा प्रविधिको प्रयोगमार्फत कारबाही अभियान सञ्चालन गरेका थिए। प्
धरान/ लागू औषधको कारोबार नियन्त्रण अभियान अन्तर्गत सुनसरी प्रहरीले विशेष सूचनाको आधारमा दुई युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। मंगलबार साँझ सुनसरीको ईनरुवा नगरपालिका–४ बसचोकस्थित चिरौलिचोकबाट ईनरुवा तर्फ पैदल आउँदै गरेका दुई युवाको साथबाट लागू औषध फेला परेको हो। अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा लागू औषध ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङ, सुन्दरहरैचा नगरपालिका–६ का २४ वर्षीय कुमार राई र सुनसरी, ईटहरी उपमहानगरपालिका–१७ का करिब २९ वर्षीय
झापा/ “१७ वर्षदेखि छोरालाई काँधमा बोक्दै आइरहेको छु। आज नगरपालिका मार्फत सीपी ह्वीलचेयर पाएपछि पहिलो पटक सास फेरेजस्तो लाग्यो,” भावुक हुँदै भने मेचीनगर–१ निवासी भूमिका गुरागाई। उनको १७ वर्षीय छोरा राहुल गुरागाई जन्मजातै अपांग छन्। न हातखुट्टा चल्छ, न बोल्न सक्छन्, न हिँड्न। सधैं ओछ्यानमै हुन्छन् — ओछ्यानमै दिशापिसाब गर्छन्। कतै लैजानु परे काँधमा बोक्नु पर्ने बाध्यता थियो। तर अब उनलाई सँगै लैजान सकिने भएपछि भूमिकाको परिवारमा खुसी छाएको छ। २०५ जना अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण झापाको मेचीनगर नगरपालिकाले सोमबार करुणा फाउण्डेशन नेपाल र कोशी प्रदेश स
रसुवा/ धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर दुई युवाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोरङको बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन्। प्रहरीका अनुसार उनीहरू साउन १० गते काठमाडौँबाट रसुवातर्फ गएका थिए भने साउन ११ गते गोसाइँकुण्ड पुगेका थिए। कुण्डमा स्नान गर्ने क्रममा एक्कासि डुबेर बेपत्ता भएका उनीहरूको खोजी गर्दा आज बिहान दुवै जनाको शव फेला परेको हो। डुबेको देखेपछि तीर्थयात्रीहरूले तत्काल सुरक्षाकर्मीलाई जानकारी गराए पनि तत्काल उद्धार सम्भव नभएको बताइएको छ। त्यसपछि नेपाल प्रहरी, सशस्त
धरान/सुनसरीको धरान उप–महानगरपालिका–१५ स्थित ट्याटु हाउसको आडमा लुकेर सञ्चालन गरिएको लागू औषध कारोबार प्रहरीले भण्डाफोर गरेको छ। विशेष सूचनाका आधारमा आईतवार साँझ ७:३५ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ट्याटु हाउसमा छापा मारेको हो। धरान–१५ का ३७ वर्षीय योजन राईले सञ्चालन गरेको सो ट्याटु हाउसमा खानतलासी गर्दा लागू औषध ब्राउन सुगर ६८० मिलिग्राम पदार्थ, Tramadol १०५४ चक्का, Calero ९८५ चक्का र Decolmin ३४ चक्का बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट योजन राईसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। पक्र
सुनसरी/ बङ्गुरमा फैलिएको अफ्रिकन स्वाइन फिवरको प्रकोपबाट यसबर्ष सुनसरीका किसानले दुई करोडको क्षति ब्योहोरेका छन् । गत भदौ महिना देखी फैलिएको अफ्रिकन स्वाइन फिबर अहिलेसम्म नियन्त्रण हुन नसक्दा थप क्षति हुनसक्ने भन्दै किसान चिन्तित छन् ।गत भदौमा रामधुनी नगरपालिकाका किसानले पालेको बङ्गुरमा देखिएको अफ्रिकन स्वाइन फिबरको प्रकोप क्रमशः अन्य स्थानीय तहका फर्महरूमा फैलिएको थियो । रामधुनी सहित बङ्गुर पालनको लागि प्रसिद्ध मानिएको धरान, दुहबी र वराहक्षेत्रमा फैलिएको प्रकोपले यो वर्ष मात्र १ करोड ९७ लाख ८ हजार बराबरको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा.
सुनसरी/लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ तस्करले ठूलो परिमाणको गाँजा फालेर मोटरसाइकलमै भागेका छन्। मिति २०८२ साउन ९ गते राति ९:०० बजेको समयमा जिल्ला सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित खत्वे टोल नहर नजिक लागू औषध ओसारपसार भइरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय देवानगञ्जबाट टोली खटिएको थियो। चेकजाँचको क्रममा देवानगञ्जबाट कप्तानगञ्जतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले प्रहरी टोली देख्नेबित्तिकै पछाडि बोकेको २ वटा सेतो बोरा फालेर तीव्र गतिमा फरार भएको प्रहरीले जनाएको छ। उक्त बोराहरू खोली जाँच गर्दा एक बोरामा रातो प्लास्टिकले बेरेका ३ पोक
ईनरुवा/सुनसरीको ईनरुवामा धरानबाट लागुऔषध लिएर जादै गरेका तीन जना पक्राउ परेका छन्। मिति २०८२ साउन ८ गते दिउँसो ३:३० बजेको समयमा ईनरुवा नगरपालिका–४ बसपार्क नजिकै पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले चिरौलिचोकबाट ईनरुवा आउँदै गरेको को.१ ह. ८९८८ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा अटो चालक धरान–८ निवासी २८ वर्षीय निलन लिम्बु र सवार धरान–६ का १७ वर्षीय कुलबहादुर लिम्बु तथा २४ वर्षीय युवराज लिम्बु पक्राउ परेका हुन्। प्रहरीका अनुसार कुलबहादुर लिम्बु
धरान/ पाँचथरको कुम्मायक गाउँपालिका–१ मा बाँदर आतंक नियन्त्रण गर्न वडाले बाँदर हेरालु कर्मचारी खटाएको छ । कृषकको अन्नबाली जोगाउन तथा बाँदरको समस्या समाधानका लागि यसअघि विभिन्न उपाय अवलम्बन गरिए पनि समस्या झन् बढेपछि यो कदम चालिएको हो । वडाको बजेटबाट गाउँपालिकाका ९ वटै वडामा १/१ जनाका दरले ९ जना बाँदर हेरालु कर्मचारी नियुक्त गरिएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता देवेन्द्रकुमार लावतीले जानकारी दिए । उनका अनुसार गाउँबाट युवा जनशक्ति पलायन भइरहँदा थोरै बाँकी खेतबारीमा लगाइएको बालीसमेत बाँदरले सखाप बनाउने गरेको छ । जंगली जनावर विशेषगरी बाँदरले अन्नबाली सिध्याइदिने, घरआँगनमा पसेर
ईनरुवा/ सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको चिरौलीचोकबाट लागूऔषधसहित दुई युवा पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको संयुक्त टोलीले साउन ७ गते साँझ ६:३० बजे ईटहरीबाट ईनरुवा तर्फ पैदल आइरहेका दुई युवालाई चेकजाँच गर्दा साजन श्रेष्ठको साथबाट ३.०६ ग्राम ब्राउन सुगर लागूऔषध फेला पारेको हो। पक्राउ पर्नेमा जिल्ला सुनसरी, ईटहरी उपमहानगरपालिका–१ का २२ वर्षीय साजन श्रेष्ठ र सोही स्थानका २३ वर्षीय कृष्ण मगर