दुधपानी खोलाले मोटरसाइकल बगायो, श्रीमान बेपत्ता, श्रीमती घाइते

  • भदौ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा श्रीमान बेपत्ता भएका छन् भने श्रीमती घाइते भएकी छन्।

शनिबार  दिउँसो काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिएका छन्।

बेपत्ता हुनेमा सर्लाही, हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेको प्रहरीले जनाएको छ। उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी समेत मोटरसाइकलमा सवार रहेकी थिइन्। खोलाले बगाउँदा पञ्चकोटी बेपत्ता भएका हुन् भने खड्गीलाई स्थानीयले उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवश कुँवरको नेतृत्वमा १० जनाको टोली, इलाका प्रहरी कार्यालय चतराका प्रहरी नायब निरीक्षक राजन खड्का र अस्थायी प्रहरी पोस्ट चतरा पुलका प्रहरी सहायक निरीक्षक एकनाथ खतिवडासहितको टोली घटनास्थलमा खटिएको थियो।

खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ। यस क्रममा खोलाले बगाएको मोटरसाइकल फेला पारेर इलाका प्रहरी कार्यालय चतरामा राखिएको छ भने चालक पञ्चकोटी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved