जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो

  • भदौ ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिँदै भदौ २३ र २४ गतेको आन्दोलनमा अहिले सम्म ७३ जनाले ज्यान गुमाएको पुष्टि गरे।

प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा रहेका छन्।

त्यसैगरी, नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै र उपचारका क्रममा २१ जनाले ज्यान गुमाएका छन्।

उनीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, इस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बाबु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ रहेका छन्।

भदौ २४ गते आन्दोलनसँगै भएको लुटपाट र आगजनीका घटनामा थप ३८ जनाले ज्यान गुमाएका छन्। तीमध्ये भाटभटेनी सुपरमार्केट तथा विभिन्न घरहरूमा जलेको अवस्थामा १५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

यस्तै, कैदीबन्दी तथा बालबन्दीसम्बन्धी घटनामा पनि १० जनाको मृत्यु भएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved