स्वास्थ्य

    Showing 2,311-2,320 of 2,448 items.
  • कोरोना संक्रमित रातभरि बाहिर

     धरान । झापाबाट धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका कोरोना संक्रमित बिरामीलाई रातभरी बाहिर राख्नु प्रतिष्ठानको चरम लापरवाही रहेको सामाजिक विकाश मन्त्री जिवन घिमिरेले बताएका छन् । झापाको केचनाकवल गाउँपालिकाबाट ल्याइएका २७ जना कोरोना संक्रमितहरुलाई बेडको अभाव देखाउँदै रातभरी बाहिर राख्नु प्रतिष्ठानको लापरवाही रहेको उनले बताए । रातभरी बाहिरै बस्नु परेको भन्दै बिरामीहरुले गुनासो गरे पछि मन्त्री घिमिरे शनिबार बिहानै धरान आएका थिए । मन्त्री घिमिरले संक्रमितहरुलाई रातभर बाहिरै राखेर अमानवीय कार्य भएको बताए । साथै उनले वीपी जस्तो प्रतिष्ठित स्वास्थ्य संस्थाबाट लापरवाही

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,600 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रातभरी गेट बाहिर बसेका कोरोना संक्रमितलाई आइसोलेसनमा राखियो

    धरान । बेडको अभावमा रातभरी अस्पताल बाहिर बसेका झापाबाट आएका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ । शुक्रबार साँझ झापाको कचनकवल गाउँपालिकाबाट बसबाट धरान आएका २७ जना कोरोना संक्रमितलाई बेड अभावले गर्दा व्यवस्थापनमा कठिनाई भएको प्रतिष्ठानका प्रवक्ता डा. नितेश सापकोटाले बताए । उनले भने, ‘आज बिहानै उनीहरु सबैलाई आइसोलेसनमा भर्ना गरिसकिएको छ, समन्वय नहुँदा केही समस्या आएको थियो ।’ पेइङ वार्डलाई आइसोलेसन कक्ष बनाइएको छ । आइसोलेसनमा करिब ६० जना बिरामी भएकाले तुरुन्तै सबैलाई भर्ना गर्न नसक्दा समस्या भएको उनको भनाई छ । संक्रमणक

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,131 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १७० जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा कोरोना संक्रमितहरुको संख्या १२१२ पुग्यो

    नेपालमा थप १७० जनामा कारोना संक्रमण पुष्टि भएको छ । यो सगै  नेपालमा  कोरोना संक्रमितहरुको संख्या  १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । अहिले थपिएका नयाँ संक्रमितहरु मध्ये १६५ जना पुरुष र ५ जना महिला रहेको प्रवक्ता देबकोटाले जनाकारी दिएका छन् । उनका अनसार संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कपिलवस्तुका १५ जनाले जिते कोरोना

    कपिलवस्तु जेठ १६ कपिलवस्तु जिल्लाका थप ४ जना कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना विषेश अस्पताल दाङमा उपचाररत कृष्णनगर नगरपालिकाका ३ जना र शिवराज नगरपालिकाका १ जना कोरोनामुक्त भएका हुन्। यसअघि गत आइतबार कोरोना बिशेष अस्पताल बुटवलबाट १० जना संक्रमित निको भएर घर फर्किएका थिए। जसमा बुद्धभुमी नगरपालिकाका १ जना पुरुष, कपिलवस्तु नगरपालिकाका ३ जना पुरुष, मायाँदेबी गाउपालिकाका ३ जना पुरुष र यशोधरा गाउपालिका ३ जना पुरुष थिए। त्यस्तै, कपिलबस्तु अस्पतालमा कार्यरत नर्सले पनि कोरोना जितेर घर फर्किएका छन्। यससंगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका फोकन पर्सन कु

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 887 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । रौतहटमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ सय २७ पुगेको छ । यसअघि बिहीबार बिहान राजदेवी नपाको ३ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ । भारतबाट आएपछि सबैलाई क्वारेन्टाइनमा राखिएका र स्वाब परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 982 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना अस्पतालहरुमा पोषणविदको व्यवस्था गर्न पोषणविदहरुको अपिल

    धरान । कोरोना उपचाररत अस्पतालहरुमा पोषणविदहरुको पनि अनिवार्य व्यवस्था गर्न नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज केन्द्रिय प्रविधि क्याम्पस धरानले अपिल गरेको छ । लकडाउनको समयमा घर भित्रै रहेका मानिसहरुमा उचित खानपिनको व्यवस्थापन हुन नसक्दा विभिन्न रोगहरु लाग्न सक्ने भएकाले पोषणविदहरुमो व्यवस्था गर्न अनिवार्य रहेको बताउँदै समाजले कोरोना साम्य भए पश्चात देखिन मुल पोषणको चुनौतीका लागि सरकारले विशेष निती ल्याउनुपर्नेमा जोड दिएको छ । समाजका अध्यक्ष राम प्रसाद तिवारीद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै समाजले देशका जनस्वास्थ्य सँग सरोकार राख्ने जनशक्तिको परिचालन गर्न नसक्दा संक्रमित र संक

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १५६ जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा संक्रमित संख्या १०४२ पुग्यो

    नेपालमा थप १५६ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १०४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिपिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप १५६ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म १८७ जना कोरोना संक्रमितहरु उपचार पछि निको भएका छन् भने हालसम्म ५१ जिल्लामा कोरोना संक्रमण देखेका परेको छ ।  

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,100 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सबैभन्दा धेरै परीक्षण क्षमता भएको प्रदेश हुने दैनिक २ हजार जनाको पीसीआर परीक्षण हुन्छ : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमणको परीक्षण दैनिक दुई हजारसम्म पुर्याउने तयारी थालेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् । बुधबार शुरु भएको प्रदेश १ को बर्खे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सरकारले दैनिक दुई हजार जनामा कोरोना परीक्षण गर्ने योजनालाई मूर्त रुप दिन नीतिगत रुपमै निर्णय गरिसकेको सदनसमक्ष जानकारी गराएका छन् । उनले भने,“कोभिड १९ परीक्षण एक्सन प्लान बनाइएको छ । अहिले पीसीआर परीक्षण तीन ठाउँबाट भइरहेको छ । अहिले दैनिक ३ सय २० जनाको परीक्षण भईरहेको छ । अब ल्याबको क्षमता बढाएर दैनिक एक हजार पुर्याइने छ ।” मुख्यमन्त्री राईले चीनको तिब्बत सरकारको सहयोगमा

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 985 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ बाट थप ४ जना डिस्चार्ज

    विराटनगर । प्रदेश नं. १ बाट आज थप ४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका एक पुरुष सहित ४ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा ५८ वर्षीय मो.अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीय माधो खातुन र ६५ वर्षीय सविरण खातुन रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । आज डिस्चार्ज भएका मो.अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य २ जना वैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए । डिस्चार्ज भएका सवैलाई उदयपुरको भुल्के पठाईएको उहाँले बताउनुभयो । ४ जना डिस्चार्ज भएसँगै प्रदेश १ बा डिस्चार्ज हुने

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,368 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा जम्मा १७ हजार ८८ जनाको कोरोना परीक्षण

    विराटनगर । प्रदेश १ मा १७ हजार ८८ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट जम्मा ११ हजार ३ सय २२ नमूको परीक्षण भएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको बुधबारसम्म ५ हजार ७ सय ६६ जनाको नमूना परीक्षण भएको छ । तीमध्ये प्रदेश १ मा बुधबारसम्म १०४ जनामा कोरोना पुष्टि भएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका र विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई ३० जना डिस्चार्ज भइसकेका छन् । यता, प्रदेश सरकारले निर्माण गरे

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 828 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved