रातभरी गेट बाहिर बसेका कोरोना संक्रमितलाई आइसोलेसनमा राखियो

  • जेठ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बेडको अभावमा रातभरी अस्पताल बाहिर बसेका झापाबाट आएका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ ।

शुक्रबार साँझ झापाको कचनकवल गाउँपालिकाबाट बसबाट धरान आएका २७ जना कोरोना संक्रमितलाई बेड अभावले गर्दा व्यवस्थापनमा कठिनाई भएको प्रतिष्ठानका प्रवक्ता डा. नितेश सापकोटाले बताए । उनले भने, ‘आज बिहानै उनीहरु सबैलाई आइसोलेसनमा भर्ना गरिसकिएको छ, समन्वय नहुँदा केही समस्या आएको थियो ।’

पेइङ वार्डलाई आइसोलेसन कक्ष बनाइएको छ । आइसोलेसनमा करिब ६० जना बिरामी भएकाले तुरुन्तै सबैलाई भर्ना गर्न नसक्दा समस्या भएको उनको भनाई छ ।

संक्रमणकालिन अवश्थामा तुरुन्तै सबै कुराको व्यवस्थापन गर्न समस्या हुने उनले बताए । उनीहरुलाई अहिले आइसोलेसनमा व्यवस्थापन गरिसकेको छ ।

३० बेडको पेईङ वार्डमा अहिले सम्म ६७ जना कोरोना संक्रमित विरामी भर्ना भईसकेका छन भने थप २७ जना विरामी आउदा समस्या भएको हो ।

यसरी कोरोना संक्रमित विरामीलाई रातभरी आइसोलेसन बाहिर राखिएकोमा जोखिम बढेको स्वास्थ्यविज्ञहरुले बताएका छन् ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved