प्रदेश १ मा जम्मा १७ हजार ८८ जनाको कोरोना परीक्षण

  • जेठ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा १७ हजार ८८ जनामा कोरोना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ ।

आरडीटीबाट जम्मा ११ हजार ३ सय २२ नमूको परीक्षण भएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको बुधबारसम्म ५ हजार ७ सय ६६ जनाको नमूना परीक्षण भएको छ । तीमध्ये प्रदेश १ मा बुधबारसम्म १०४ जनामा कोरोना पुष्टि भएको छ ।

परीक्षणबाट कोरोना संक्रमण देखिएका र विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई ३० जना डिस्चार्ज भइसकेका छन् ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १८ सय २६ जना छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा १९ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ८ हजार ७ सय ९७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved