कोरोना अस्पतालहरुमा पोषणविदको व्यवस्था गर्न पोषणविदहरुको अपिल

  • जेठ १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना उपचाररत अस्पतालहरुमा पोषणविदहरुको पनि अनिवार्य व्यवस्था गर्न नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज केन्द्रिय प्रविधि क्याम्पस धरानले अपिल गरेको छ ।

लकडाउनको समयमा घर भित्रै रहेका मानिसहरुमा उचित खानपिनको व्यवस्थापन हुन नसक्दा विभिन्न रोगहरु लाग्न सक्ने भएकाले पोषणविदहरुमो व्यवस्था गर्न अनिवार्य रहेको बताउँदै समाजले कोरोना साम्य भए पश्चात देखिन मुल पोषणको चुनौतीका लागि सरकारले विशेष निती ल्याउनुपर्नेमा जोड दिएको छ ।

समाजका अध्यक्ष राम प्रसाद तिवारीद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै समाजले देशका जनस्वास्थ्य सँग सरोकार राख्ने जनशक्तिको परिचालन गर्न नसक्दा संक्रमित र संक्रमणबाट मृत्यु हुनेको सँख्या नियन्त्रण बाहिर जानसक्ने प्रति समयमै ध्यानाकर्षण गराएको छ । भोलिका दिनमा आउन सक्ने जोखिमको सम्भावनालाई अहिले देखि नै व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेको केन्द्रिय प्रविधी क्याम्पसमा २०६७ साल देखि नै पोषण विज्ञान अध्ययन हुने गरेको छ । प्रतिवर्ष पोषण तथा आहार विज्ञानका ३० जनाका दरले जनशक्ति उत्पादन भइरहेका छन् । अन्य शैक्षिक सँस्थाबाट पनि पोषण तथा आहार विषयका विद्यार्थीहरु आएका करिब ३ सय जनशक्ति बेरोजगार बस्नुपरेको छ । उनीहरुको दक्षतालाई समाजमा परिचालन गर्नुपर्ने आवश्यक्ता रहेको विज्ञप्तीमा जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘लकडाउनको समयमा निष्कृय जीवनशैली र जथाभावी असन्तुलित खानपान गर्ने गरेको पाइएको छ, जसले मोटोपन जस्ता समस्या निम्तिन गई निकट भविष्यमा मधुमेह, क्यान्सर, मुटु, कलेजो, मिर्गौला सँग सम्बन्धित रोगीको संख्या असाधारण बढ्ने देखिन्छ । उता कोरोना जोखिममा भन्दै राखिएका क्वारेन्टाइन र आईसोलेसनका मानिस उचित पोषण नपाएरै कोरोनाबाट ग्रसित बन्नु परेको छ ।

गर्भवती महिला, शिशु, स्तनपान गराईरहेकी महिला, बालबालिका, किशोरी जस्ता जोखिम वर्गलाई पोषणयुक्त राहतको प्याकेज आउन नसक्नुले पनि निती निर्माण र कार्यान्यवनको तहमा पोषणविद नराखिनुको परिणामलाई दर्शाउँछ ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved