सुनसरी । सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिकामा पुर्ण रुपमा लकडाउन घोषणा गरेको छ । नेपाल प्रहरीमा कार्यरत इनरुवा वडा नम्बर ३ घर भएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि नगरपालिकालाई लकडाउन घोषणा गरिएको हो । उनको मोरङ जिल्ला कार्यक्षेत्र रहे पनि घरमा आउँजाउँका क्रममा अन्यमा पनि कोरोना संक्रमण फैलिएको हुन सक्ने बताउँदै जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको आकस्मीक बैठकले लकडाउनको घोषणा गरेको हो । संक्रमित पुरुष सँगको कन्ट्याक टे«सिङका आधारमा इनरुवामा लक डाउन गर्ने निर्
इटहरी / गत साउन ६ गते देखि सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरे पछि स्थानीयको लापरवाहीले कोरोनाको संक्रमणको जोखिम थप बढाएको छ । करिब १ सय २० दिन लामो लकडाउनका कारण बन्द रहेको व्यापार व्यवसाय खुल्ला भए पछि स्थानीयहरु असुरक्षित तवरले बजारमा चहलपहल गर्न थालेका छन् । प्रदेश एकको मुख्य जिल्लाहरूमा स्थानीयहरूको चरम लापरवाहि सुरू भएको छ जसको कारण कोरोना भाइरस संक्रमणको जोखिम बढाएको छ । चार महिना देखि बन्द भएका व्यापारीक भवनहरू खुल्न थालेका छन भने साना र ठुला सवारीसाधनहरू पनि राजमार्गहरूमा गुडन थालेका छन । राजमार्गमा देखिएका सवारी साधनका चालक तथा मजदुरहरूले मास्कको प्रयोग नगरी सवारी चला
विराटनगर / प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरंग र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १ महिला, पुरुबा¥हदशी र झापा गाउँपालिकामा ३–३ पुरुष र विर्तामोडमा १ पुरुष, सुनसरीको रामधुनीमा ३ , इटहरीमा २ र धरानमा १ जना पुरुष, मोरंगको विराटनगरमा १ पुरुष र धनकुटाको महालक्ष्मीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ । प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ
विराटनगर/ प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्रस शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिव ९० लाख बराबरको आरटी पीसीआर मेसिन स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले हस्तान्तरण गर्नुभयो । पीसीआर मेसिन ग्रहण गर्दै मुख्यमन्त्री राईले दुईवटा मेसिन तत्काल जडान गर्ने बताउनुभयो । उहाँले एउटा मेची अस्पताल र एउटा प्रदेश प्रयोगशाला विराटनगरमा जडान गरिने उहाँले बताउनुभयो । पीसीआर मेसिन थपिएसँगै समुदाय स्तरमा कोरोना परीक्षण गर्न सहज हुने मुख्यमन्त्री राईले बताउनुभयो । उहाँल
काठमाडौ / आज थप १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ । शुक्रबार थप १को मृत्यु भएको छ मृत्यु हुनेमा वीरगञ्ज- ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या१२ हजार ९ सय ४७ जना रहेका छन् । नेपालमा हालसम्म सबै
विराटनगर । चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको विराट नर्सिङहोम सिल भएको छ । कार्यरत चिकित्सकमा बुधबार कोरोना पुष्टि भएको थियो तर अस्पतालले नाम, ठेगाना र फोन नम्बर गलत दिंदा प्रहरीलाई समेत पत्ता लगाउन किठन भएको थियो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले अर्को सूचना नआउन्जेलसम्मको लागि नर्सिङ होम सिल गरिएको जानकारी दिएका छन् । संक्रमित एकाएक हराएको भन्दै विराटनगरभरि खैलाबैला भएपछि खोजी गर्दा अस्पतालका चिकित्सक भएको खुल्न आएको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्य
विराटनगर / प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ । प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज ह
काठमाडौँ / बुधबार थप १४७ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । वीरगञ्ज- ६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो। नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ । कोरोना संक्रमणका कारण मृतकको संख्या ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५६जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० जना रहेका छन् । नेपालमा हालसम
धनकुटा / धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पूष्टि भएको छ । छथर जोरपाटी गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको हो । स्वाब संकलन गरी धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा छथर जोरपाटी–२ का ४० बर्षीय पुरुष र छथर जोरपाटी–३ का ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पूष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । संक्रमित दुबै जना गत आईतबार बिदेशबाट आएका हुन् । छथर जोरपाटी–२ का संक्रमित बहराईनबाट र छथर जोरपाटी–३ का संक्रमित साउदीबाट आएको छथर जोरपाटी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुन्दरमान डंगोलले बताए । उनीहरु जोरपाट
काठमाडौँ / बुधबार थप १०० जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय चिनियाँ महिला र जनकपुर नगरपालिका बस्ने कोरोना भाइरस संक्रमित एक पुरुष रहेका छन् । नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । कोरोना संक्रमणका कारण मृतकको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २०७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार