डाक्टरमा कोरोना पुष्टि भएपछि विराट नर्सिङ होम सिल

  • साउन ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको विराट नर्सिङहोम सिल भएको छ ।
कार्यरत चिकित्सकमा बुधबार कोरोना पुष्टि भएको थियो तर अस्पतालले नाम, ठेगाना र फोन नम्बर गलत दिंदा प्रहरीलाई समेत पत्ता लगाउन किठन भएको थियो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले अर्को सूचना नआउन्जेलसम्मको लागि नर्सिङ होम सिल गरिएको जानकारी दिएका छन् ।

संक्रमित एकाएक हराएको भन्दै विराटनगरभरि खैलाबैला भएपछि खोजी गर्दा अस्पतालका चिकित्सक भएको खुल्न आएको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसमेतका निकायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल सिल गरेको हो ।
कार्कीले भने,“हाललाई अनिश्चित कालका लागि सबै सेवा बन्द गर्ने गरी शील गरिएको छ तर अस्पतालमा रहेका बिरामीको उपचार भने कायम हुनेछ । नयाँ भर्ना लिन पाइने छैन ।” अब उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्डको परीक्षणपछि अस्पताललाई निर्मलीकरण गरिने बताइएको छ ।

यसैबीच, विहीबार प्रदेश १ मा १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरी र धनकुटामा दुई र झापामा एक जनामा संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ ।

प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय २३ पुगेको छ ।

 

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved