स्थानीयको लापरवाहीले कोरोनाको जोखिम बढ्दै

  • साउन ९, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी /  गत साउन ६ गते देखि सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरे पछि स्थानीयको लापरवाहीले कोरोनाको संक्रमणको जोखिम थप बढाएको छ ।

करिब १ सय २० दिन लामो लकडाउनका कारण बन्द रहेको व्यापार व्यवसाय खुल्ला भए पछि स्थानीयहरु असुरक्षित तवरले बजारमा चहलपहल गर्न थालेका छन् । प्रदेश एकको मुख्य जिल्लाहरूमा स्थानीयहरूको चरम लापरवाहि सुरू भएको छ जसको कारण कोरोना भाइरस संक्रमणको जोखिम बढाएको छ ।

चार महिना देखि बन्द भएका व्यापारीक भवनहरू खुल्न थालेका छन भने साना र ठुला सवारीसाधनहरू पनि राजमार्गहरूमा गुडन थालेका छन । राजमार्गमा देखिएका सवारी साधनका चालक तथा मजदुरहरूले मास्कको प्रयोग नगरी सवारी चलाउने देखि पैदल यात्री सम्मले मास्कको प्रयोग नगरेपछि प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले प्रदेश एकको १४ वटै जिल्लामा बिशेष सचेतना अभियान चलाएको छ ।

प्रदेश एकको मुख्य जिल्लाहरूसंग जोडिएका राजमार्गहरूमा गुडने सवारी साधनका चालक तथा मजदुर एवम यात्रुहरूलाइ पनि प्रहरीले अनिवार्य मास्क लगाउन साथै सेनिटाइजरको प्रयोग गर्न बिशेष अनुरोध गर्दै सचेतना अभियान चलाएको हो ।
इटहरीमा इलाका प्रहरी कार्यालय इटहरी र प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले सचेतना अभियान सुरू गरेको छ । शुक्रबार बिहान मुख्य राजमार्गहरूमा गुडेका सवारी साधनहरूमा सवारी चालक देखि यात्रुहरू सम्मलाइ अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ ।

मास्क नलगाइ यात्रा गरिरहेका पैदल यात्रुहरूलाइ समेत प्रहरीले नजिकैको पसलबाट किन्न लगाइ प्रयोग गर्न लगाएर मात्रै छाडने गरेको छ । त्यस्तै मोटरसाइकल चालकहरुलाई पनि प्रहरीले चेकिङमा कडाइ गर्नुका साथै मास्क नलगाइ सवारी कुदाउनेहरूलाइ पनि मास्क किनेर लगाउन लगाएर मात्रै जानदिने गरेको छ ।

सरकारले लकडाउन अन्त्यको घोषणा गरेसंगै कोरोनाको जोखिमलाइ मध्य नजर गर्दै आवश्यकीय सचेतना जगाउने अभियान शुरु गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए । घरबाट बाहिर निस्कदा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने र सामाजिक दुरी कायम गरी सावधानी अपनाउन प्रहरीले सबैलाइ अनुरोध गरेको उनले बताए । त्यसै गरि धेरै भिडभाड हुने डिर्पाटमेन्ट स्टोर, सपिङ महल तथा खाजा घरहरूमा पनि पुगेर मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाइएको डिएसपी भण्डारीको भनाइ छ ।

यता लकडाउन खुलेपनि प्रदेश एकका मुख्य शहरहरूमा मास्क नलगाइ हिडने स्थानीयहरूको भिड र लापर्वाही बढेको पाइएपछि प्रदेश एक प्रहरी कार्यालयले पनि कडाइ गरेको प्रदेश एक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोख्रेलले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved