इनरुवाका एक व्यक्तिमा कोरोना संक्रमण देखिए पछि पुनः लकडाउनको घोषणा

  • साउन ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिकामा पुर्ण रुपमा लकडाउन घोषणा गरेको छ ।
नेपाल प्रहरीमा कार्यरत इनरुवा वडा नम्बर ३ घर भएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि नगरपालिकालाई लकडाउन घोषणा गरिएको हो । उनको मोरङ जिल्ला कार्यक्षेत्र रहे पनि घरमा आउँजाउँका क्रममा अन्यमा पनि कोरोना संक्रमण फैलिएको हुन सक्ने बताउँदै जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको आकस्मीक बैठकले लकडाउनको घोषणा गरेको हो ।
संक्रमित पुरुष सँगको कन्ट्याक टे«सिङका आधारमा इनरुवामा लक डाउन गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ । इनरुवा ३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवारसँगको सम्पर्कमा आएको आधारमा क्लोज कन्ट्याकको अवस्था पहिचान गर्न थालिएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार परिवार सहित १२ जनाको ट्रेसिङ गरिएको छ । उनीहरुको स्वाब लिएर परिक्षण गर्ने तयारी थालिएको प्रसाईले जानकारी दिए । घर आउँजाउँ गरेको र छरछिमेकमा घुमफिर र बजार पसलमा पुगेको जस्ता विषय अध्ययन गरी ट्रेसिङको काम जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पोजेटिभ पाइएका व्यक्ति इनरुवाको मूख्य बजारमा रहेको दुर्गा स्टोरमा किनमेलका लागि पुगेको खुलेकाले उक्त पसल तत्कालका लागि सुनसरी प्रशासनले सिल गरेको छ ।
संक्रमित सँगको सम्पर्कका आधारमा स्टोरका केही व्यक्तिहरुको समेत पिसिआर परिक्षण गरिने प्रशासनले तयारी थालेको छ । बैठकले मूख्य बजार क्षेत्र सहित इनरुवाका सबै वडाबाट नमूनाका रुपमा पिसिआर परिक्षण गर्ने समेत निर्णय गरेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved