काठमाडौ / आज थप १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगै नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ ।
शुक्रबार थप १को मृत्यु भएको छ मृत्यु हुनेमा वीरगञ्ज- ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको छ ।
यो सँगै मृतकको संख्या ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १०७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या१२ हजार ९ सय ४७ जना रहेका छन् ।
नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।