काठमाडौँ / बुधबार थप १४७ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
वीरगञ्ज- ६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो।
नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ ।
कोरोना संक्रमणका कारण मृतकको संख्या ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १५६जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० जना रहेका छन् ।
नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।