स्वास्थ्य

    Showing 1,831-1,840 of 1,871 items.
  • नेपालमा पहिलो पटक २ जना पत्रकारमा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा २ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । पर्सामा २ सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएको हो । पर्सामा ३९ कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । नेपालमा पत्रकारमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।स्रोतका अनुसार संक्रमित मध्ये एकजना नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का अनलाइनखबरकर्मी रहेको जनाइएको छ । संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत सुनाएका छन् । चार दिनअघि जिल्ला भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 1,248 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ५७ मा कोरोना पुष्टि, संक्रमित संख्या १९१ पुग्यो

    धरान । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा मंगलबार थप ५७ जनामा कोरोना पुष्टि भएको हो । पर्सामा ३९ जना, रुपन्देहीमा ९ जना, कपिलवस्तुमा ८ र बारामा १ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या १९१ पुगेको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 1,270 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

    धरान– नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १३४ पुगेको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र कोरोना संक्रमितहरुको संख्या २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 798 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीका थप १ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२१ पुग्यो

    धरान /सप्तरीका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १२१ पुगेको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय युवकमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 832 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कपिलवस्तुका थप १० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

    धरान/ कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सगै नेपालमा संक्रमितहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरीएको परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । संक्रमितहरु कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ निवासी १८, १९, २०, २०, २४, ३०,३१, ३४,३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको उत्त विज्ञप्तिमा उल्लेख गरिएको छ  । योसँगै कपिलवस्तुमा मात्रै

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने ?

    एजेन्सी । नेपालमा लकडाउन खुलेको भोलिपल्ट परीक्षा लिने शिक्षामन्त्री गिरिराजमणि पोखरेलेको भनाइ सार्वजनिक भएलगत्तै आलोचना भएको थियो । कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने भन्ने विषयमा संसदमा समेत प्रवेश गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शिक्षामन्त्रीको उक्त भनाइ गैरजिम्मेवारपूर्ण भएको भन्दै टिप्पणी गरेका थिए । नेपालमा एसईईसमेत अन्तिम अवस्थामा स्थगित भएको थियो । परीक्षाको अघिल्लोदिन बेलुकामात्रै एसईई रोक्ने निर्णय भएको थियो । नेपालमा मात्रै होइन अहिले विश्वभर स्कुल खोल्ने कि नखोल्ने भन्ने विषय बहसमा छ ।  कोभिड–१९ सम्बन्धी स्पष

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,162 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना परीक्षण गराउनेको संख्या बढ्यो

    विराटनगर । प्रदेश १ मा सरकारले कोरोना परीक्षणको दर बढाएसंगै परीक्षण गराउनेको संख्या बढेको छ । सरकारले द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट व्यक्तिमा कोरोना भए नभएको परीक्षण गर्दै आएको छ । यसको लागि धरानको बीपी प्रतिष्ठानमा एक र विराटनगरको कोशी अस्पताल मातहत दुई वटा ल्याब संचालनमा छन् । यसक्रममा आइतबारसम्म आरडीटी विधिबाट जम्मा ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ७ हजार ७ सय १६ जनाको रिर्पोट नेगेटिभ आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका स्वाब ल्याबमा ल्याएर गरिने परीक्षण पिसिआरबाट २ हजार २ सय ४० जनाको न

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 1,426 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी अस्पतालबाट थप दुई जना डिस्चार्ज

     विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारमा रहेका दुईजना आइतबार डिस्चार्ज भएका छन् । कोरोना संक्रमण ठिक भएपछि उनीहरुलाई अस्पताल प्रशासनले डिस्चार्ज गरिदिएको हो । रोग ठिक भई अस्पतालबाट बिदा हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बा¥हदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् । राई गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो पटक गरिएको स्वाव परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन । अस्पतालबाट डिस्चार्ज भएका दुवैजनालाई सामाजिक विकास मन्त्रालयका

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 566 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या ११० पुग्यो

    धरान/ उदयपुरका थप १ जनामा कोरोना भाइरस को संक्रमण देखिएको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उदयपुरको भुल्केमा थप १ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै नेपालमा संक्रमितको संख्या ११० पुगेको छ । प्रदेश १ मा मात्रै कोरोना संक्रमण हुनेको संख्या ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचार पछि निको हुनेको संख्या ३१ पुगेको छ ।  

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 1,152 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शुक्रबार भुल्केमा भेटिएका कोरोना संक्रमित एकै परिवारका

    धरान । गत शुक्रबार उदयपुरको भुल्केमा देखिएको कोरोनाको संक्रमितहरु एकै परिवारका रहेका छन् । त्रियुगा नगरपालिकाको वडा नम्बर ३ स्थित भुल्केमा थप ३ जनामा देखिएको कोरोना भाइरसको संक्रमण एकै परिवारका हजुरआमा र नातिनी हुन् । कोरोना परीक्षणमा पहिला रिपोर्ट नेगेटिभ आएकालाई पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो । उनीहरु सँगै ती परिवारमा ७ जना संक्रमित पुगेको छ । संक्रमित मध्ये १८ वर्षीया किशोरी र ६५ वर्षीया वृद्धा हजुरआमा र नातिनी हुन् । नातिनी जेठो छोराका छोरी हुन् । यसअघि संक्रमित भएका एकै परिवारको ५ जना पनि उनीहरुकै परिवारका सदस्य हुन् । त्यो परिवारमा संक्रमितको संख्या ७ जना पुगेको छ । यसअघिका संक्र

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved