इटहरी । सुनसरीको इटहरीमा कोरोना संक्रमणको दर दैनिक बढिरहेको बेला आइतबार पहिलो पटक जनप्रतिनिधिलाइ पनि कोरोना देखिएको छ ।
इटहरी वडा नं ५ का वडाध्यक्ष कल्याण र्काकीलाई कोरोना पुष्टि भएको हो । गत भदौ १८ गते गरेको पिसिआर परिक्षणको आइतबार आएको रिर्पोट अनुसार वडा नं ५ का अध्यक्ष कार्कीलाइ कोरोना पुष्टि भएको हो ।
केहिदिन यता ज्वोरो र रुघा खोकि एवम स्वास प्रस्वासमा समस्या आएपछि अध्यक्ष कार्कीकोे पिसिआर परिक्षणका स्वाब संकलन गरीएको थियो । कार्की सहित उनको परिवारको पनि पिसिआर परिक्षण गरिएकोमा अन्यको भने रिर्पोट नेगेटिभ आएको छ । कोरोना पोजेटभि देखाए पछि वडाध्यक्ष होम आइसोलेसनमा रहेका छन ।जनप्रतिनिधि सहित इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २ सय ३९ पुगेको छ ।