ग्रामीण बस्तीको पीडा, बिरामी बोक्ने स्टेचरनै छैन

  • भदौ २२, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ सडक अवरुद्ध भएर सर्वसाधारण कति आजित छन् प्रस्ट्याउने उदाहरण खोज्न टाढै पुग्नु पर्दैन । रोङ गाउँपालिकाको सडक अवरुद्ध भएर स्टेचरमा प्रसूति बोकेर हिडेको यो तस्बिर हेर्दा मात्रैपनि थाहा हुन्छ कि सडकको समस्या कस्तो छ भन्ने कुरा ।

भत्किएको सडक पार गराएर अस्पताल पु¥याउनु पर्ने, त्यसमा पनि गाउँमा विरामी बोक्ने स्टेचर समेत नहुनु कति सम्म दुःखद कुरा हो । यही समस्याबाट अछुतो हुनै सकेका छैनन् अहिले रोङ गाउँपालिकाका सर्वसाधारणहरु ।

३५ वर्षकी कृष्ण कुमारी राईलाई प्रसूतिको विराम लागेपछि मान्छेले नै बोकेर कष्टपूर्ण कच्ची सडक पार गर्दै अस्पताल पु¥याउनु परेको दृश्टान्त एकातिर छ भने अर्कातिर स्टेचर समेत गाउँले आफैले बनाउनु परेको छ ।

रोङ गाउँपालिकाको शान्तिपुर चुरे क्षेत्र अन्तरगत पर्छ । यहाँ प्रत्येक वर्ष बाढी पहिरोले क्षति पु¥याउने गर्छ । चुरे क्षेत्र संरक्षणका लागि सरकारले प्रत्येक वर्ष करोडौ बजेट छुट्याउने गरे पनि उक्त क्षेत्रका बासिन्दाले भने पक्की सडकको त के आशा र स्टेचर समेत पाउँदैनन् । नागरिकको स्वास्थ्य, शिक्षा लगायत बाँच्न पाँउनु पर्ने उसको मौलिक अधिकार भए पनि गाउँमा एउटा स्टेचर समेत उपलब्ध हुन नसकेर बाँसको झोलुङ्गोमा बोकेर विरामीलाई उपचार गर्न लैजान बाध्य छन् स्थानिय ।

आफूले जिताएर पठाएका प्रतिनिधिले समेत यसबारे चासो नदेखाएको गुनासो सर्वसाधारण गर्छन् । जिल्लाबाटै जितेर प्रधानमन्त्री र संविधान सभाका अध्यक्ष समेत भए तर जिल्लाको समस्या जस्ताको तस्तै छ । विरामी बोक्ने स्टेचर नपाएकै कारण रोङ गाउँपालिका–१ शान्तिपुरका मानिस आफै स्टेचर बनाएर विरामी बोक्न बाध्य रहेको शान्तिपुर झापा एकता समाजका सचिव नरेन्द्र ढकालले बताए ।

उनले भने,‘कोरोना भाइरसका कारण मुलुक नै समस्यामा परिरहेका यो विषम् परिस्थितीमा प्राकृतिक विपत्तिले समेत समस्या निम्त्याई रहेको छ । प्राकृतिक प्रकोपको चपेटामा चुरे क्षेत्र बढी जोखिममा छ ।’ स्थानीय तहका जनप्रतिनिधिको बेवास्ताका कारण पनि यो क्षेत्र बढी जोखिममा रहेको ढकाल बताउछन् ।

उनी भन्छन्,‘शान्तिपुर विकट क्षेत्र हो तर यस ठाउँलाई विकट स्थानको पहिचान गर्न नसक्नु, सडक सुधारमा ध्यान नदिनु, स्वास्थ्य चौकीको स्तरोन्नतिमा ख्याल नगरेका कारण विकास काम अघि बढ्न नसकेका हुन् ।’

यता, पालिका अध्यक्ष समशेर राई सडकको समस्या भए पनि गाउँमा स्टेचर भने भएको दाबी गर्छन् । उनी भन्छन्,‘खोप केन्द्र र स्वास्थ्य संस्थामा स्टेचर राख्ने गरिन्छ ती संस्थामा गएर स्टेचर ल्याउने बेलासम्ममा आफै स्टेचर बनाएर बिरामी अस्पताल पु¥याउन छिटो हुन्छ ।’

उनले थपे, यातायात सञ्चालनमा समस्या नहोस् भनेर हामीले असारमा भत्केका सडक मौसममा केही सुधार आउना साथ मर्मत गरेका थियौ तर मर्मत सकेको लगत्तै आएको वर्षाले क्षति गरेको कारण पनि समस्या भएको हो ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved