‘कोरोना विरुद्ध लड्न सामुहिक एकताको खाँचो छ’ : सभामुख भण्डारी

  • भदौ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विगत सात महिना देखि देशले भाग्दै आएको महामारीको विपद सँग लड्न नागरिकहरुको महत्वपुर्ण भुमिका रहने बताउँदै प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले सामुहिक कार्यको आवश्यक्ता रहेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक तथा प्रकाशन सहयोगमा प्रकाशित विपद पुर्व तयारी तथा प्रतिकार्य योजना अनुसार स्थानीय तहमा हुने विपद व्यवस्थापनमा सबैको भुमिका महत्वपुर्ण रहेको उनको भनाई छ । भयावह बन्दै गएको कोरोना संक्रमणलाई पराजित गर्न सामुहिक रुपमा एकताबद्ध भएर लड्नु पर्ने आवश्यक्ता रहेकोमा जोड दिदै देशको समृद्धि र विकाशको लक्ष्यलाई अघि बढाउन विपद न्युनिकरण र विकाशलाई सँगसगै अघि बढाउन उनले आग्रह गरेका छन् ।

जिल्ला विपद व्यवस्थापन समिती सुनसरीले आयोजना गरेको जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ पुस्तकको लोकार्पण गर्दै सभामुख भण्डारीले स्वास्थ्य सम्बन्धी आवश्यक मापदण्डहरुको पालना गर्दै कोरोना संक्रमणका कारण सिर्जित विपत्तीबाट उन्मुक्ति पाउन नागरिकहरुबाट सचेत पहल हुने अपेक्षा गरेको बताएका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गए पनि त्यसकै कारणबाट मात्रै मरिहाल्ने त्रास समाजमा फैलिएको छ, त्यसलाई चिर्न आवश्यक रहेको उनले बताए । कोरोनाको भयलाई समाजबाट भगाउनुपर्ने आवश्यक्ता रहेको बताउँदै उनले समाजका अगुवा, नागरिक समाजहरुलाई भ्रम चिर्न सचेतना फैलाउन आग्रह गरेका छन् ।

सुनसरी जिल्ला जोखिमको दृष्टिकोणले निकै संवेदनशिल भएकोले यस्तो अवश्थामा जनजिवनलाई आतंकित बनाउने भन्दा पनि यसलाई न्युनिकरण गर्दै यसको रोकथामको निम्ती गम्भिरताका साथ योजनाबद्ध ढंगले सबैले अगाडि बढाएर लिएर जानु पर्ने बताए । उनले भने, ‘भौगोलिक तथा भौगर्भिक जटिल अवस्था, जलवायु परिवर्तन, मौसमी विषमता, अव्यवस्थीत शहरिकरण एवंम् प्रकोप जोखिमको अध्ययन नै नगरि हुने गरेका कतिपय विकास निर्माणका कार्यहरुका कारण हाम्रो मुलुक विपद्का दृष्टिले जोखिमयुत्त र संवेदनशिल रहेको देखिन्छ । त्यसैले समृद्ध राष्ट्र निर्माणको यात्रामा अगाडी बढिरहदा विपद् जोखिम न्यूनीकरणको योजना सँग सँगै बनाउदै विकास निर्माण कार्यहरुलाई अघि बढाउनु पर्दछ ।’

बर्षेनी जसो बाढी पहिरो, शितलहर, आगलागी, वन्यजन्तुको आक्रमण, सडक दुर्घटनाले निम्त्याउने पिडा सुनसरीवासीका लागि नौलो नरहे पनि विपद्द्धारा सिर्जना हुने असामान्य अवस्था र क्षतिहरुको न्यूनिकरण गर्नका लागि बेलैमा सचेत बन्दै आवश्यक तयारी गर्नु उपयुक्त हुने उनले बताए ।

उनले भने, ‘हुन सक्ने भौतिक तथा मानविय क्षतिहरुलाई न्यूनिकरण एवंम् व्यवस्थापन गर्न प्रभाव पार्न सक्ने संभावित स्थान, समुदाय, तथा क्षेत्रको पहिचान तथा नक्साङ्कन गरी विपद् आउनु पूर्व त्यसको जोखिम रोगथाम, न्यूनीकरणको लागि गर्नुपर्ने पूर्वतयारी सम्बन्धि आवश्यक क्रियाकलाप गर्न तथा विपद् पछि त्यसको प्रभाव न्यून गर्दै उद्धार तथा आवश्यक अन्य कार्यहरु गर्न विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ विपद् आइहाले पनि ठूलो जनधनको क्षति हुनाबाट स्थानीय समुदायलाई जोगाउन सकिन्छ ।’

लोकार्पण भएको पुस्तकमा सुनसरी जिल्लाको भौगोलिक अवस्था, प्रमुख जोखिमहरूको पहिचान, त्यसको नक्सांकन, विपद् आइलागे बच्ने र बचाउने उपाय तथा विपद् जोखिम न्यूनीकरणको लागि पूर्वतयारी सम्बन्धी आवश्यक जानकारी समेटिएकाले अत्यन्त उपयोगी एवंम् प्रभावकारी हुनेमा विश्वस्त रहेको उनको भनाई छ ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved