स्वास्थ्य

    Showing 161-170 of 2,527 items.
  • पाइप एकातिर, पानी अर्कोतिर निगरानी नहुँदा स्रोतको दुरुपयोग

    धरान/ मुहानको सदुपयोग हुन नसक्दा धरानमा खानेपानीको समस्या यथावत नै रहेको छ । धरानमा लामो समय देखिको खानेपानी समस्या समाधान हुन नसक्नु खानेपानीका मुहानहरुको सही सदुपयोग गर्न नसक्नु पनि हो । धरानमा खानेपानीको मुख्य स्रोत भनको सेउती र सर्दुका मुहानहरु हुन् । तर सेउती, सर्दुका मुहानहरु सदुपयोग गर्न सकिरहेको छैन । स्थानीय सरकारले खानेपानी समस्या समाधान गर्न केन्द्रिय बजेटको मुख ताकिरहे पनि मुहानहरुको संरक्षणमा भने ध्यान दिएको देखिन्दैन् । धरान–१३ को निशाने खोलामा खानेपानी व्यवस्थापनको लापरबाही फेरि उजागर भएको छ । वडाध्यक्ष नेत्र काफ्लेका अनुसार, मुहानमा पानी हुँदाहुँदै पनि प्रभाव

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 349 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित युवक पक्राउ

    धरान/ सुनसरीको धरान–११ नगरकोट क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले एक युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। मिति २०८३ साल वैशाख १५ गते साँझ ४:३० बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको संयुक्त टोलीले स्थानीय ३२ वर्षीय सन्देश लिम्बुको कोठामा खानतलासी गर्दा १.४५ ग्राम ब्राउन सुगर फेला पारेको हो। प्रहरीले उक्त लागूऔषधसहित लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 779 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतमा लावारिस अवस्थामा भेटिएका सन्तोष बि.क.को उद्धार, कुटपिटपछि गम्भीर अवस्थामा ICU मा उपचार

    झापा/ भारतको बनारसस्थित अस्पतालमा लावारिस अवस्थामा उपचाररत भेटिएका झापाका एक व्यक्तिको प्रहरीको सक्रियतामा उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षकको मोबाइलमा प्राप्त भिडियो सन्देशका आधारमा नेपाल घर भएका सन्तोष बि.क. नामका व्यक्तिको पहिचान गरिएको हो। भिडियोमा उनको घर झापाको मेचीनगर–४ बाहुनडाँगी रहेको खुलेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई परिचालन गरिएको थियो। प्रहरीको तीव्र पहलका कारण करिब ३०–३५ मिनेटमै उनका आफन्त पत्ता लागेका थिए। त्यसपछि प्रहरीको समन्वयमा आफन्तहरू भारतको बनारसस्थित SSPG सरकारी अस्पताल पुगेका थिए। उक्त अस्पतालमा ५६ वर्षीय सन्तोष बि.क.ला

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बस दुर्घटना: चालकको लापरवाहीले वृद्धको ज्यान गयो

    धरान/धरान–४ देवीथानस्थित कोशी लोकमार्गमा बस दुर्घटनामा एक वृद्धको ज्यान गएको छ। धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख ६०९० नम्बरको बसबाट झर्ने क्रममा धरान–४ निवासी ७८ वर्षीय प्रेमबहादुर मगर बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। बस रोकेर ओर्लिएपछि बाहिरिने क्रममा अचानक बस अगाडि बढ्दा पछाडिको बायाँ भागमा ठोक्किएर उनी बेहोस बनेका थिए। घाइते मगरलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। तर उपचारकै क्रममा सोमबार साँझ करिब साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार बाहिरी चोटपटक खासै नदेखिए पनि आन्तरिक चोटका कारण मृत्यु भएको हुनसक्ने अनुमान

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 427 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा लागुऔषधसहित दुई युवक पक्राउ, ब्राउन सुगर र नाइट्राजेपम ट्याबलेट बरामद

    झापा/ झापाको भद्रपुर नगरपालिका–५ गौशाला क्षेत्रबाट लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा वप्रका भद्रपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३ साल वैशाख १३ गते बिहान करिब १०:३० बजे पैदल हिँडिरहेका दुई युवकलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ताप्लेजुङ फुङलिङ नगरपालिका–१ आमभोटे बस्ने करिब २२ वर्षीय प्रताप मादेन र सोही जिल्लाको फुङलिङ नगरपालिका–५ ताप्लेजुङ बजार बस्ने करिब २४ वर्षीय अनुप लामगडेको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्लास्टिक बाहेक तौल गर्दा ५ ग्राम ०६० मिलिग्राम ब्राउन सुगर  र

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ६० हजारभन्दा बढी लागुऔषधसहित भारतीय नागरिक पक्राउ

    इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–११ मा प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा सोमबार राति करिब ८ बजे शारदा बिकको घरमा डेरा गरी बस्दै आएका भारत, बिहार राज्य नरपतगंज निवासी २९ वर्षीय मोहम्मद सहनेवाजको कोठामा छापा मारेको थियो। छापामार क्रममा प्रहरीले ट्रामाडोल ५० हजार ५४० क्याप्सुल र डाइसाइक्लोमिन ९ हजार ५२० ट्याब्लेट फेला पारेको छ। यसरी जम्मा ६० हजार ६० पिस लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागुऔषधसहित सहनेवाजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 981 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा, ठूलो परिमाणमा लागू औषध बरामद

    धरान/  जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत लागू औषध कारोबार, सेवन तथा समाजमा असामाजिक गतिविधिमा संलग्न १२० जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८३ साल वैशाख ९ र १० गते साँझदेखि बिहानसम्म सञ्चालन गरिएको अपरेसनमा ११५ पुरुष र ५ महिलालाई नियन्त्रणमा लिइएको हो।कारबाहीको क्रममा २६।५६ ग्राम ब्राउन सुगर र ४४ पिस ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये १५ जनालाई सुधार केन्द्र पठाइएको छ भने ७६ जनालाई सम्झाइ–बुझाइ गरी आफन्तको जिम्मा लगाइएको छ। यस्तै, २ जनाविरुद्ध लागू औषध मुद्दा दर्ता गरिएको छ भने एक

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थापाथलीका सुकुम्बासीसँग कसको कति छ जग्गा छ ?

    प्राधिकरणले प्राप्त गरेको विवरण अनुसार थापाथलीका सुकुमबासीमध्ये सबैभन्दा धेरै जग्गा दिनेशमान श्रेष्ठसँग रहेको पाइएको छ । काभ्रेको पाँचखाल स्थायी ठेगाना रहेका उनीसँग झन्डै १३ हजार वर्गमिटर अर्थात् करिब २५ रोपनी जग्गा रहेको देखिएको छ । उनको कारोबारको विवरण हेर्दा उनी घरजग्गा कारोबारी हुनसक्ने देखिएको प्राधिकरणले जनाएको छ । उनीसँग धनकुटाको हात्तीखर्कमा २३ रोपनी ३ आना, मकवानपुरको हाँडीखोलामा १ रोपनी १४ आना र मकवानपुरको भैंसेमा ८ आना जग्गा छ । त्यस्तै, मकवानपुरको धियाल स्थायी ठेगाना भएका चन्द्र बहादुर योञ्जनसँग ११ हजार ९३६ वर्गमिटर अर्थात् झन्डै २३ रोपनी जग्गा रहेको देखिएको छ । उनीसँग सिन्धुलीको

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 148 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित २५ वर्षीय युवक पक्राउ

    धरान/  सुनसरीको धरान उप–महानगरपालिका वडा नं. ८ गैरि टोलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८३ वैशाख १० गते अपराह्न करिब ३:३० बजे अस्थायी प्रहरी पोष्ट वरगाछीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय तुफान विकको घर कोठा जाँच गर्दा ब्राउन सुगर ३।९३ ग्राम पदार्थ फेला पारेको हो। बरामद गरिएको लागूऔषधसहित विकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइएको समेत उल्लेख गरेको छ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 699 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मध्यराति ठुलो परिमाणमा प्रतिबन्धित औषधी बरामद, दुई युवा पक्राउ

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१६, जोरसखुवा क्षेत्रमा मध्यराति ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएको छ। मिति २०८३ साल वैशाख ७ गते राति ११:४० बजेको समयमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर  र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष अपरेशन सञ्चालन गरेको थियो। प्रहरी टोलीले स्थानीय २० वर्षीय राहुल आचार्यको कोठामा चेकजाँच तथा खानतलासी गर्दा प्रतिबन्धित औषधी ट्रामाडोल ३,१०० क्याप्सुल र स्पास्पेन १४,०५० ट्याब्लेट गरी जम्मा १७,१५० क्याप्सुल तथा ट्याब्लेट बरामद गरेको जनाएको छ। उक्त घटनामा संलग्न रहे

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved