धरान/ सुनसरीको धरान उप–महानगरपालिका वडा नं. ८ गैरि टोलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
मिति २०८३ वैशाख १० गते अपराह्न करिब ३:३० बजे अस्थायी प्रहरी पोष्ट वरगाछीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय तुफान विकको घर कोठा जाँच गर्दा ब्राउन सुगर ३।९३ ग्राम पदार्थ फेला पारेको हो।
बरामद गरिएको लागूऔषधसहित विकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइएको समेत उल्लेख गरेको छ।