इटहरीमा ६० हजारभन्दा बढी लागुऔषधसहित भारतीय नागरिक पक्राउ इटहरीमा ६० हजारभन्दा बढी लागुऔषधसहित भारतीय नागरिक पक्राउ

  • वैशाख १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–११ मा प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा सोमबार राति करिब ८ बजे शारदा बिकको घरमा डेरा गरी बस्दै आएका भारत, बिहार राज्य नरपतगंज निवासी २९ वर्षीय मोहम्मद सहनेवाजको कोठामा छापा मारेको थियो।

छापामार क्रममा प्रहरीले ट्रामाडोल ५० हजार ५४० क्याप्सुल र डाइसाइक्लोमिन ९ हजार ५२० ट्याब्लेट फेला पारेको छ। यसरी जम्मा ६० हजार ६० पिस लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित सहनेवाजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved