स्वास्थ्य

    Showing 1,411-1,420 of 2,447 items.
  • वीपीमा वीमा सूचारु गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण

    धरान । गरिब तथा सहायलाई लक्षित गरी नेपाल सरकार अन्तर्गतको स्वास्थ्य वीमा बोर्डले प्रदान गरेको वीमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बन्द गर्ने निर्णय गरेपछि सम्बन्धित पक्षको ध्यानाकर्षण भएको छ । मेयर तिलक राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँ सहितको टोलीले शुक्रवार प्रतिष्ठानको अस्पताल प्रशासन, स्वास्थ्य बीमा प्रशासनका अधिकारीहरूसँग छलफल गरी वीमा गरेका बिरामीहरूको उपचार सेवा सुचारु राख्न प्रतिष्ठानलाई ध्यानाकर्षण गराएका हुन् । सरकारले चैत ७ गते किस्ता स्वरूप बिमा रकम निकासा गरे

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 1,145 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अस्पताल सुधारका लागि पहल गर्ने मन्त्री कार्कीको आश्वासन

    धरान । सुनसरीको सदरमुकाम इनरुवामा रहेको सुनसरी जिल्ला अस्पतालको गुणस्तरीय उपचार पद्धति नहुदा सर्वसाधारणले समस्या भोग्नु परेको छ । उपचार सेवा गुणस्तरीय नभएकै कारण त्यहाका सर्वसाधारण विराटनगरका नीजि अस्पताल तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारकै लागि आउनुपर्ने बाध्यता छ । सत्तामा परिवर्तन भएका राजनीतिक दलका मन्त्रीहरु समय समयमा अस्पतालको अवलोकन गर्ने गर्छन्, सेवा सुविधामा विस्तार गर्ने आश्वासन दिन्छन् तर अहिलेसम्म सेवा सुविधामा कहिल्यै सुधार भएको पाइदैन । तर शनिवार भने सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले सर्वसाधारणलाई अस्पतालको सेवा सुविधामा सुधार गर्ने प्रत

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 1,079 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिको समस्या समाधानमा उपमेयरको सक्रियता

    धरान / धरान उपमहानगरपालिकाकी उप प्रमुख तथा नेकपा एमालेकी केन्द्रिय सदस्य मञ्जु भण्डारीको पहलमा पछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य विमा बोर्डमा रोकिएको रकम आउने भएको छ । उपप्रमुख भण्डारीले विहिबार बोर्डका निर्देशकलाई भेटि प्रतिष्ठानले सोधभर्ना बाफत पाउने रकम तत्काल भुुक्तानी दिन पहल गरेकी थिइन । भण्डारीको पहलपछि बोर्डले यो साता भित्र दश करोड रुपैया भुक्तानी दिने र बाकी यो महिना भित्र भुक्तानी दिने प्रतिबद्धता जनाएको हो । जनताको स्वास्थ्य उपचार जस्तो विषयमा गम्भिर बन्न र कुनैपनी बाहानामा सुुविधा नरोक्न आफुले माग गरेको उपमेयर भण्डारीले बताईन । अब विपीको रोकिएको पैसा

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘विपी प्रतिष्ठानलाई कमजोर पार्न बिमाको रकम रोकियो’

    धरान । नेकपा एमाले धरानले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जनताको नजरमा विबादीत देखाएर कमजोर बनाउन सरकारले नै स्वास्थ्य विमा बाफतको रकम सोधभर्ना नगरेको आरोप लगाएको छ । स्वास्थ्य विमा सञ्चालन भएका अन्य अस्पतालमा नियमित सोधभर्ना दिनुु तर प्रतिष्ठानलाई सोधभर्ना नदिनुु भनेको सरकारले नै प्रतिष्ठान कमजोर पार्न खोजेको हो भन्ने प्रस्ट हुन्छ एमाले धरानका अध्यक्ष हर्कजंग एभेङद्धारा जारी विज्ञप्तिमा भनिएको छ । जनताको नजरमा विवादीत देखिएर प्रतिष्ठान कमजोर पार्ने सरकारको गलत नियत देखिन्छ विज्ञप्तिमा उल्लेख छ । ‘जनताबाट उठाएको विमा बापतको पैसा सम्बन्धित अस्पताललाई सोधभर्ना नदिनुुले स

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,241 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेलमा पुनः इआरसिपी सेवा शुरु

    धरान । बिराटनगर स्थित नोवेल शिक्षण अस्पतालले पुनः इआरसिपी सेवा सुरु गरेको छ । कोराना कारण स्थगित भएको इआरसिपी सेवा करिब २ बर्ष पछि पुनः सुरु गरिएको हो । विना चिरफार नै पित्तनलिको पथरिया निकाल्न थालिएको छ । मुखबाट इण्डोस्कोप छिराएर पित्त नलिमा रहेको पथरियालाई विना चिरफार निकालिने विधि नै ईआरसिपी हो । पित्त नलिको ढुङ्गा निकाल्दा पेट र पित्तनलि दुबै चिरेर निकाल्ने गरिन्छ । तर इआरसिपी विधि बाट चिरफार नगरि मुखबाट इण्डोसकोप छिराएर पथरिया निकाल्ने गरिन्छ । यो विधि बिमारीहरुको लागि सहज र फाइदाजनक मानिन्छ । नेपालको तुलनामा कमै मात्रै अस्पतालमा यो विधि प्रयोग भएको पाईन्छ । पुर्वी नेपालमा नै पहिलोपटक २

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,250 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • स्वास्थ्य बिमा बोर्डले शोधभर्ना दिएन : वीपीमा स्वास्थ्य बिमा स्थगित हुने

    धरान । पटक पटक सरकारलाई स्वास्थ्य बिमा वापतको रकम निकासा गर्न आग्रह गर्दा समेत स्वास्थ्य बिमा बोर्डले ढिलासुस्ती गरे पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिमा अन्तर्गतका सेवा स्थगित गर्ने भएको छ । स्वास्थ्य विमा बोर्डलाई दाबी गरिए अनुसारको शोधभर्ना रकम उपलब्ध गराउन प्रतिष्ठानले चैत १४ गतेसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटम नजिकिदै गए पछि बोर्डबाट सोधभर्ना दिने कुनै प्रक्रिया अघि नबढाए पछि बुधबार सुचना जारी गर्दै बिमा सेवा स्थगित गर्ने जनाएको छ । पछिल्लो समय आम सर्वसाधारणहरुमा स्वास्थ्य विमाप्रति आकर्षित भइरहेका छन् । मात्र ३५ सयमा परिवारको ५ जनाको विमा हुन्छ ।

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,030 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिराटनगरमा २१ वर्षीय युवाको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

    विराटनगर/ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत २, २०७८
    • 2,072 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक कुकुरको संख्या घटाउन बन्ध्याकरण

    धरान । सामुदायिक कुकुरहरुको संख्या बढ्दौ जा“दा धरानमा समस्या हुन थालेपछि कुकुरको बन्ध्याकरण थालिएको छ । मंगलबारदेखि एक हप्ता चल्ने बन्ध्याकरण शिविरमा अहिले धमाधम कुकुरको बन्ध्याकरण गरिदैछ । धरान उमहानगरपालिका र मिमालय एनिमल्स रेस्क्यु ट्रस्ट (हार्ड) नेपालको संयोजनमा भएको शिविरको मुख्य उद्देश्य समुदायिक कुकुरको संख्या घटाउन तथा कुकुरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको नियन्त्रण गर्ने रहेको हार्ड नेपालका सञ्चालक खगेश्वर भट्टराईले बताए । उनले भने–‘सामुदायिक कुकुरको संख्या बढ्दै जादा कुकुरबाट लाग्ने संक्रमण र कुकुरका कारण मानवले भोग्नुपरेको समस्यालाई मध्य नजर ग री हामीले बन्ध्

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 1,078 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘भ्रुण हत्या दुखःद छ’

    धरान । गर्भावस्थामै पुरुष की महिला पहिचान गरि भ्रुण हत्या गर्ने अहिले पनि भइरहेको बताउँदै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखःद भएको बताएका छन् । ११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भईरहेको छ ।’ उनले सम्पतिको अधिकारबाट महिलाहरु अझैपनि बञ्चितिकरणमा परेको बताए । महिलाहरुलाई पुरुष सरह बराबरीको अवस्थामा पु¥याउनु आवश्यक भएको बताउँदै उनले भने, ‘ऐन कानुन परिवर्तन गरेर र प्रथा प्रचलन

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 1,115 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘नोबेल मेडिकल कलेजलाई कार्वाही हुन्छ’

    धरान । नेपाल चिकित्सा आयोगले विराटनगरमा रहेको मेडिकल कलेजलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएको छ । चिकित्सा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले नोबल मेडिकल कलेजले विद्यार्थीको होस्टेलको वहानामा बढी रकम लिएको पाइएको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत कलेजले वेवास्ता गरेको भन्दै कलेजलाई कार्वाही भन्दा अर्को विकल्प नरहने बताएका हुन् । प्रा.डा. गिरीले सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिबद्धता जनाउदै भने, ‘छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको, छात्रावासमा नबसेकै कारण विद्यार्थीहरूलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन मिल्दैन ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 1,695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved