‘विपी प्रतिष्ठानलाई कमजोर पार्न बिमाको रकम रोकियो’ "तत्काल रकम भुुक्तानी दिन एमालेको माग"

  • चैत १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमाले धरानले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जनताको नजरमा विबादीत देखाएर कमजोर बनाउन सरकारले नै स्वास्थ्य विमा बाफतको रकम सोधभर्ना नगरेको आरोप लगाएको छ ।

स्वास्थ्य विमा सञ्चालन भएका अन्य अस्पतालमा नियमित सोधभर्ना दिनुु तर प्रतिष्ठानलाई सोधभर्ना नदिनुु भनेको सरकारले नै प्रतिष्ठान कमजोर पार्न खोजेको हो भन्ने प्रस्ट हुन्छ एमाले धरानका अध्यक्ष हर्कजंग एभेङद्धारा जारी विज्ञप्तिमा भनिएको छ । जनताको नजरमा विवादीत देखिएर प्रतिष्ठान कमजोर पार्ने सरकारको गलत नियत देखिन्छ विज्ञप्तिमा उल्लेख छ । ‘जनताबाट उठाएको विमा बापतको पैसा सम्बन्धित अस्पताललाई सोधभर्ना नदिनुुले स्वास्थ्य विमा बोर्ड तथा सरकारको असक्षमता र अयोग्यता मात्र प्रकट भएको छैन वर्तमान गठवन्धन सरकार केवल सत्ता स्वार्थमा मात्र लिप्त छ भन्ने स्पस्ट हुुन्छ’ विज्ञप्तिमा भनिएको छ –‘ यसबाट बर्तमान गठबन्धनको सरकार गैरजिम्मेवार र जवाफदेहिता विहिन भएको तथा सबै क्षेत्रमा असफल वन्दै गएको र जनताको नैसर्गिक अधिकार खोस्न खोजेको स्पस्ट हुन्छ ।’

bp_letter

विज्ञप्तिमा रोकिएको स्वास्थ्य विमा बाफतको रकम तत्काल भुुक्तानी गर्न पनि नेपाल सरकार तथा स्वास्थ्य विमा बोर्ड सँग माग गरिएको छ ।

प्रतिष्ठानले चैत्र ९ गते सूचना जारी गरि चैत्र  १५ गतेबाट स्वास्थ्य विमा को सेवा बन्द गर्ने जनाएको थियो । प्रतिष्ठानले सार्वजनिक गरेको सूचनामा स्वास्थ्य विमा बोर्ड बाट उपचार गरे बाफतको रकम नपाएका कारण अस्पताल सञ्चालनमा नै समस्या आएको र अब स्वास्थ्य विमाको रकम नआए सेवा सञ्चालन गर्न सक्ने अबस्था नभएको उल्लेख गरिएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved