अस्पताल सुधारका लागि पहल गर्ने मन्त्री कार्कीको आश्वासन

  • चैत १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीको सदरमुकाम इनरुवामा रहेको सुनसरी जिल्ला अस्पतालको गुणस्तरीय उपचार पद्धति नहुदा सर्वसाधारणले समस्या भोग्नु परेको छ ।

उपचार सेवा गुणस्तरीय नभएकै कारण त्यहाका सर्वसाधारण विराटनगरका नीजि अस्पताल तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारकै लागि आउनुपर्ने बाध्यता छ । सत्तामा परिवर्तन भएका राजनीतिक दलका मन्त्रीहरु समय समयमा अस्पतालको अवलोकन गर्ने गर्छन्, सेवा सुविधामा विस्तार गर्ने आश्वासन दिन्छन् तर अहिलेसम्म सेवा सुविधामा कहिल्यै सुधार भएको पाइदैन ।

तर शनिवार भने सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले सर्वसाधारणलाई अस्पतालको सेवा सुविधामा सुधार गर्ने प्रतिबद्धता जनाए । उनले हरेक पटक आएका मन्त्रीहरुले दिएको आश्वासनलाई सर्वसाधारणले आश्वासनको रुपमा लिने गरेको र काम भने नगरेको जनगुनासो पछि अनुगमनकै क्रममा अब आश्वासनमात्र नहुने काम गर्ने जिकिर गरेका थिए ।

उनले अस्पताल अनुगमनपछि कार्कीले सर्वसाधारणलाई अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी काम गर्ने बताउदै सर्वसाधारण्लाई आश्वस्त पार्न खोजे ।

मन्त्री कार्कीले जिल्लाकै सबैभन्दा पुरानो अस्पतालका रुपमा जिल्ला अस्पताल भए पनि विकासका कारण पछि परेकाले अब यसलाई परिणाममुखी बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने–‘जिल्लाकै पुरानो असप्ताल भएपनि पछाडि परेको छ, यसको सुधारमा भाषणमा सीमित हुँदैन, सरकार गम्भीर बन्छ ।’

कोरोना महामारीका बेलामा अस्पतालमा भएका जनशक्तिले महामारी नियन्त्रण गर्न र कोरोनाबाट संक्रमित भएका बिरामीको उपचार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले आभार व्यक्त गरे ।

गुणस्तरीय स्वास्थ्य सेवा दिनु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै मन्त्री कार्कीले अस्पतालको विस्तार र यसलाई गुणस्तरीय बनाएर यो क्षेत्रको एउटा अग्रणी अस्पतालको रुपमा स्थापित गर्नका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिए । सरकारले अस्पतालको आइसियु तथा कोरोना उपचार सामग्री खरिद गर्नका लागि एक करोड ५० लाख रूपैयाँ सहयोग गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले बताए । उनले भने–‘विपत्तका समयमा सरकारले हामीलाई सहयोग गरेको छ, अझै पनि सहयोग हुन्छ भन्ने हामीले अपेक्षा लिएका छौं ।’

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा संघीय सांसद सीताराम मेहता, प्रदेश सांसद ज्योति सुब्बा, अस्पताल विकास समितिका अध्यक्ष गोपाल राजभण्डारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved