स्वास्थ्य

    Showing 1,261-1,270 of 2,446 items.
  • वडाद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

    धरान / धरान उपमहानगरपालिका १६ नं. वडा समितिले आफ्ना वडाबासीलाई लक्षित गरी शनिबार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।विगतमा वडाबासीलाई लक्षित गरी विभिन्न प्रकारका स्वास्थ्य शिविर राख्दै आएको वडाले यस पटक भने आँखामा समस्या भएकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरेको हो । इटहरी आँखा अस्पतालसँग समन्वय गरेर आयोजना गरेको शिविरमा २ सय जना पुरुष र १ सय २७ जना महिला गरी ३ सय २७ जना सर्वसाधारणले लाभ लिएका थिए । शिविरमा विभिन्न प्रकारका समस्या देखिएको इटहरी आँखा अस्पतालका चिकित्सक डा. प्रदिपकुमार सिंहले जानकारी दिएका थिए । उनीहरुलाई सहज रुपमा उपचार गराउन इटहरी आँखा अस्पतालको सहयोगमा १६

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 777 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वी पी मा मनाइयो विश्व मुख स्वास्थ्य दिवस

    धरान / हरेक वर्ष मार्च २० का दिन विश्वभरी नै मनाइने विश्व मुख स्वास्थ्य दिवस मनाइने गरिन्छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत सोमबार विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ । प्रतिष्ठानका कलेज अफ डेन्टल सर्जरीका विद्यार्थीहरुले वी प्रतिष्ठानमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी मनाइएको हो । नेपाल डेन्टल एसोसिएसन सुनसरीको विद्यार्थी ईकाइले आयोजना गरेको उक्त कार्यक्रममा चिकित्सक तथा विद्यार्थीहरुले फोटो, पोष्टर, ई(पोष्टर, भिडियो, आर्टिकलहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सचेतनात्मक नाटक, फेस पेन्ट तथा फ्ल्यास मुब समेत प्रस्तुत गरेका थिए । विश्व मुख

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 687 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तनाव व्यवस्थापनका लागि कर्मचारीलाई तालिम

    इटहरी / सेवाग्राहीहरुको चापका कारण काम गर्ने कर्मचारीहरु तनावमा रहने कुरालाई मध्यनजर गरी इटहरी उपमहानगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिलाई लक्षित गरी तनाव व्यवस्थापन तालिमकको आयोजना गरिएको छ । कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ । तनाव व्यवस्थापन गर्दाे कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि हुने उद्देश्य राखी तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । कर्मचारीलाई तनावमुक्त वातावरणमा कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको हो, मेयर पौडेलले भने । उनले भने– ‘कर्मचारी र जनप्रतिनिधीहरुहरु

    • प्रकाशित मितिः चैत १, २०७९
    • 799 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • न्यूरो हस्पिटलको स्वास्थ्य अभियान

    मोरङ /  विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो । न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफु हुर्केको ठाउँको सम्मान स्वरुप यो अभियानको प्रराम्भ भएको जानकारी गराइन् । बाहुनी क्षेत्रका बासिन्दाहरुलाई न्युरो अस्पतालले प्रदान गर्दे आएको सम्पूर्ण स्वास्थ्य सेवामा सरल तथा सहजपहुँच पु¥याउने उद्देश्यको साथ अभियान सुरु भएको अस्पतालकी कार्यकारी निर्देशक डा. विष्टले बताइन् । यो अभियान पूर्वी नेपालको ग्रमिण क्षेत्रसम्म पुग्ने बताइएको छ

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 795 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओखलढुंगामा दुर्घटना दुईको मृत्यु १२ घाइते

    ओखलढुंंगा /  ओखलढुंगामा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।जिल्लाको चिसंखुगढी गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना आइतबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी २ जनाको घटना स्थलमा मृत्यु भएको छ भने १२ घाइतेको अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउँदै गरेको ना.१ ज ८४८३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी चिसंखुगढी–३ का ५२ बर्षीय मिन बहादुर श्रेष्ठ र ७० बर्षीय भक्त बहादुर थापाको घटना स्थलमा न

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा

    सुनसरी /  इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरलेख अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो । जस अनुसार अधिकांशको निःशुल्क विमा पाईसेकेका छन् । इटहरीमा हेमकर्ण पौडेल मेयर निर्वाचित भएसँगै सबैका लागि सँधैका लागि स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सुरु गरेको हो । अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरी बीमा कार्यक्रम सुरु गरिएको हो । साधारण स्वास्थ्

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 812 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बहिरा संघलाई सहयोग गर्ने प्रतिबद्धता

    मोरङ /  बहिरा तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको कोशी बहिरा संघलाई स्थानीय तहका जनप्रतिनिधिहरुले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघले बहिरा तथा अपाङ्गताको क्षेत्रमा सयौ काम गर्दै आएको छ । संघले गरेका कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र रिजल्ट दिन सफल भएको भन्दै स्थानीय तहका प्रमुखहरुले यसखाले प्रतिबद्धता जनाएका हुन् । विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले बहिरा संघले गरेका कामबाट आफूहरु पनि प्रभावित भएको र संस्थालाई सहयोग निरन्तर रहीरहने प्रतिबद्धता जनाइन् । महानगरले अपाङ्गताका क्षेत्रमा सक्दो सहयोग गरिरहेको र यसमा कुनै पनि कन्जुस्याई नगरिने उनको धारणा

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घना बस्तीकै छेउमा मापदण्ड विपरीत उद्योग

    दुहबी /  सुनसरीको दुहबी ८ स्थित सोनापुरको घना बस्तिकै छेउमा मापदण्ड विपरीत उद्योग निर्माण कार्य भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सोनापुर, छाताबेली र बीरगाउँ स्थित पुरानो वस्तीको छेउमा उद्योग स्थापना गर्न खोजेको भन्दै स्थानीयहरुले बिरोध गरेका छन । बस्तीलाई छोएर उद्योग स्थापना गर्दा भोलिको दिनमा उद्योगबाट अत्यधिक धुलो धुवाँ ध्वनि प्रदूषण हुने मात्र हैन, उद्योगबाट निस्कने बिषादी रासायनिक पानी , धुवाँ, धुलोले बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा धेरै असर पर्न सक्ने भन्दै वातावरणीय प्रभाव मूल्यांकन(आइइइ) र स्थानीयहरुको मुचुल्का सार्वजनिक गर्न माग राख्दै तत्काल उद्योग निर्माणकार्य र

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 812 पटक पढिएको
    • "चन्दन रौनियार"
  • आर्थिक अभावले उपचारमा कठिनाई

    धरान /  तेह्रथुम स्थायी घर भई हाल धरान ४ खैरेनी टारमा बस्दै आएकी ४९ बर्षीय विष्णुमाया लिम्बुको खर्च अभावका कारण उपचारमा कठिनाई भएको छ । निर्माण मजदुर गर्दै घर वहालमा बस्दै्र आएकी लिम्बुलाई उनका पति टंकबहादुर लिम्बूले सहयोग निर्माणको काम गरेर खर्च जुटाउने प्रयास गरे पनि विहान बेलुका छाक टार्न नै धौ धौ भएपछि उनको उपचारमा समस्या भएको हो । लिम्बुलाई पक्षघात भएको छ । अहिले यनी हिडडुल सम्म गर्न सक्ने अवस्था नभएको उनका पति टंकबहादुले बताए ।तीन बर्ष अगाडिदेखि पक्षघात भएकी लिम्बुको अहिले पति र छोरीले स्याहार सुसार गर्दे आएका छन् । पक्षघातसँगै उनको आँखामा समेत समस्या देखिएको छ । आँखामा जलविख

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 930 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला दिवसमा न्यूरोद्वारा विशेष कार्यक्रम

    मोरङ / ७५ प्रतिशत कर्मचारी महिला भएको विराटनगरस्थित न्यूरो अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अस्पतालबाट हुने सेवामा छुटको व्यवस्था गरेको छ ।अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट गर्ने जनाएको हो अस्तापलले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै मार्च अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ लाई लक्षित गरी अस्पतालले दिने सेवा सुविधामा छुटसँगै विभिन्न प्रकारका सचेतनात्मक कार्यक्रम गर्ने भभएको हो अस्पतालका शिल्यक्रिया विभागका डाइरेक्टर डा. राजेश भट्टराईका अनुसार्र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर छुट योजनासहित सचे

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved