वडाद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

  • चैत १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान उपमहानगरपालिका १६ नं. वडा समितिले आफ्ना वडाबासीलाई लक्षित गरी शनिबार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।
विगतमा वडाबासीलाई लक्षित गरी विभिन्न प्रकारका स्वास्थ्य शिविर राख्दै आएको वडाले यस पटक भने आँखामा समस्या भएकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

इटहरी आँखा अस्पतालसँग समन्वय गरेर आयोजना गरेको शिविरमा २ सय जना पुरुष र १ सय २७ जना महिला गरी ३ सय २७ जना सर्वसाधारणले लाभ लिएका थिए । शिविरमा विभिन्न प्रकारका समस्या देखिएको इटहरी आँखा अस्पतालका चिकित्सक डा. प्रदिपकुमार सिंहले जानकारी दिएका थिए ।

उनीहरुलाई सहज रुपमा उपचार गराउन इटहरी आँखा अस्पतालको सहयोगमा १६ नं. वडा समितिले आँखा शिविर राखेको नेत्र ज्योति संघ कोशी प्रदेश सचिव जयप्रसाद निरौलाले बताए । उनले सर्वसुलभ ढंगबाट सर्वसाधारणलाई सेवा प्रदान गरिएको बताए ।

नेत्र ज्योति संघले समन्वयकारी भूमिका निर्वाह गर्दै धरान लगायत इटहरी तथा कोशी प्रदेशको विभिन्न स्थानमा शिविरको आयोजना गर्दै आएको निरौलाले बताए ।
वडा कार्यालयले आयोजना गरेको शिविरमा विज्ञ चिकित्सकहरुबाट आँखा चेकजाच गराउन पाउँदा सर्वसाधारण समेत खुशी देखिन्थे ।

आयोजक संस्था १६ नं. वडा समितिका अध्यक्ष मुरारी भट्टराईले सर्वसाधारणको चेकजाँचमात्र हैन, आँखाको शल्याक्रिया गर्नुपर्ने विरामीलाई निःशुल्क शल्यक्रिया, चश्माको आवश्यकता पर्ने चश्मा समेत उपलब्ध गराइने बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved