महिला दिवसमा न्यूरोद्वारा विशेष कार्यक्रम

  • फागुन १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / ७५ प्रतिशत कर्मचारी महिला भएको विराटनगरस्थित न्यूरो अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अस्पतालबाट हुने सेवामा छुटको व्यवस्था गरेको छ ।
अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट गर्ने जनाएको हो

अस्तापलले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै मार्च अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ लाई लक्षित गरी अस्पतालले दिने सेवा सुविधामा छुटसँगै विभिन्न प्रकारका सचेतनात्मक कार्यक्रम गर्ने भभएको हो

अस्पतालका शिल्यक्रिया विभागका डाइरेक्टर डा. राजेश भट्टराईका अनुसार्र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर छुट योजनासहित सचेतना मूलक गर्ने बताए । उनले भने–‘महिला दिवसर्मा महिलाहरूको सम्मानका लागि एक महिना भरी प्रसूति तथा स्त्री रोगको ओपिडी सेवा निःशुल्क गरेका छौ, हामीले प्रसूति तथा स्त्री रोग ओपिडी सेवाको जाँचमा २५ प्रतिशत छुट गर्ने छौं ।’
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. शैलजा क्षेत्री (श्रेष्ठ) र डा.निशा अधिकारी महिलाहरुको उपस्थितिमा यस्तो कार्यक्रम गर्ने जनाइएको छ ।
अस्पतालका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पाठेघरको मुख सम्बन्धी क्यान्सरको जाँच पनि निःशुल्क गर्ने, प्याप स्मियर जाँच र कोल्पोस्कोपी जाँच गर्नेै जनाएको छ । यस्तै स्तन क्यान्सर सम्बन्धी परामर्श सँगै सचेतना कार्यक्रम कार्यक्रम आफ्नै सहभागितामा गरिने मेडिकल डाइरेक्टर प्रा.डा. शैलजा क्षेत्री श्रेष्ठले बताइन् ।

उनले भनिन ‘महिलाहरूमा हुने स्तन क्यान्सर सम्बन्धी जानकारी नै छैन, यो भनेको सचेतनाको कमी हो हामी स्तन क्यान्सरकोकोे विषयमा सचेतना दिँदै यसबाट बच्ने उपायका विषयमा हामी जानकारी गराउँछौ भने यस सम्बन्धी जाँच पनि गर्छौ ।’

डा. शैलजाले भनिन्, ‘ व्यस्त जीवन शैली र खानपान लगायत अन्य कारणले महिलाहरूमा यस्तो समस्या देखा धेरै देखा पर्न थालेको छ । यसम्बन्धी स्वास्थ्य सचेतना जोगाउन अत्यन्तै आवश्यक भइसकेको छ ।’

यसैगरी बढ्दै गएको मानसिक समस्यालाई समेत ध्यानमा राखेर अस्पतालले मानसिक परामर्श समेत प्रदान गर्ने अस्पतालले जनाएको छ । हस्पिटलले ६ वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वास्थ्य सचेतना कार्यक्रम गर्दै छुटको व्याकेज निरन्तर दिँदै आएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved