धरान/ धरानमा सम्पन्न प्रदेशस्तरीय सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस प्रोभिन्स आइडल २०२५’ र ‘मिस्टर एण्ड मिस सुनसरी आइडल २०२५’ मा एकै कलेजका विद्यार्थीहरुले विजेता, उपविजेता, रनरअप र विभिन्न टाइटल हात पार्दै सबैको ध्यान तानेका छन्। धरान–१६ स्थित युएन नवोदय कलेजका छात्रछात्राहरूले सो प्रतियोगितामा सहभागिता जनाउँदै प्रमुख उपाधिहरू आफ्नो पक्षमा पार्न सफल भएका हुन्। ड्रिम्स एम प्रोडक्सनद्वारा आयोजित उक्त प्रतियोगितामा युएन कलेजकी रेखा लुम्फुङ्वा लिम्बू ‘मिस प्रोभिन्स’ घोषित भइन् र उनले नगद ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरिन्। यस्त
धरान/धरान उपमहानगरपालिका वडा नं. १७ मा निर्माणाधीन सार्वजनिक शौचालयका लागि हङकङस्थित धरान १७ समाजको महत्वपूर्ण सहयोग रहेको जनाउँदै समाजका अध्यक्ष मधुकुमार चाम्लिङलाई आइतवार विशेष समारोहबीच सम्मान गरिएको छ। वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष चाम्लिङलाई खदा ओढाइ मायाको चिनोस्वरूप खुकुरी प्रदान गर्दै सम्मान गरिएको हो। केही दिनअगाडि बिदामा नेपाल आएका अध्यक्ष चाम्लिङलाई विदेशमा रहेर पनि वडाको विकासमा सक्रिय योगदान पुर्याएको कदरस्वरूप सम्मान गरिएको वडा अध्यक्ष मनोज भट्टराईले जानकारी दिए। अध्यक्ष चाम्लिङले हङकङमा रहँदै वडामा निर्माण भइरहेको सार्वजनिक शौचालयका लागि सहयोग संकलन अभि
काठमाडौं/नेपाल सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न पटक–पटक आह्वान गरे पनि मेटाजस्ता ठूला प्लेटफर्महरूले अझै दर्ता गरेका छैनन्। अन्तिमपटक २०८१ चैत ७ मा ३० दिनको समयसीमा तोकिएको थियो। त्यो अवधिमा कुनै ठूला सामाजिक सञ्जालले दर्ताका लागि निवेदन दिएनन्। त्यसपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मौखिक रूपमा थप साताको समय दिए। तर त्यो समयसीमामा पनि दर्ता भएन। दर्ता नगरी सामाजिक सञ्जालले सरकारका आह्वानलाई बेवास्ता गरेपछि अब के गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ। सञ्चारमन्त्री गुरुङले दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए। तर, मेटासहित कुनै पनि प्लेटफर्मले दर्ताका लागि चासो नदेखाएपछि सर
धरान/ वुमन्स वर्थ ग्रुप (डब्लु डब्लु जि) को आयोजनामा यही जेठ १७ गते हुने मिसेस स्टेट २०२५ सिजन थ्रीको तयारीस्वरूप कोशी प्रदेशस्तरीय तेस्रो अडिसन शनिबार धरानमा सम्पन्न भएको छ। पुतलीलाइनस्थित चौथो रेस्टुरेन्टको हलमा सम्पन्न अडिसनमा गृहिणी महिलालाई लक्षित प्रतियोगितामा ९ जनाले सहभागिता जनाएका थिए। यसअघि सम्पन्न दोस्रो अडिसनमा ७ जना सहभागी थिए। कार्यक्रम वुमन्स वर्थ ग्रुपकी सचिव ज्योति राईको अध्यक्षतामा सम्पन्न भएको थियो। अडिसनमा निर्णायकको भूमिकामा महिला उद्यमी तथा झुनाज फिटनेसकी प्रो. झुना राई, युएन कलेज होटल म्यानेजमेन्ट विभाग संयोजक तथा नेपाली रैथाने खानाका अनुसन्धानकर्ता गगनमान श्रेष्
सुनसरी /धरान–१२ स्थित सुनाखरी एकेडेमीको आयोजनामा भएको ‘सुनाखरी डिटाउन ३x३ इन्टरस्कुल बास्केटबल टुर्नामेन्ट–२०८२’ शनिबार धरान–१९ स्थित हरियाली पार्कमा सम्पन्न भयो। प्रतियोगितामा छात्रतर्फ काठमाडौंको ग्रीनल्याण्ड स्कुल र छात्रातर्फ धरानकै होलील्याण्ड इन्टरनेसनल स्कुल (रातो टिम) च्याम्पियन बनेका छन्। छात्रातर्फ डिपोट सेकेन्डरी स्कुल धरान उपविजेता रहँदा छात्रातर्फको उपविजेता होलील्याण्ड इन्टरनेसनल स्कुलकै कालो टिम बन्यो। उत्कृष्ट खेलाडी: मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) छात्रतर्फ ग्रीनल्याण्डका प्रबिन गुरुङ र छात्रातर्फ होलील्याण्डकी दीक्षा लिम्बु घोषित भए। पुरस्क
याङवरक/ कक्षा १२ को परीक्षा सुरु भएको केही मिनेटमै मोबाइलमार्फत प्रश्नपत्रको फोटो बाहिर पठाएको आरोपमा एक विद्यार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा याङवरक गाउँपालिका–४ स्थित थर्पु माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेका गणेश माविका छात्र निशेक काम्वाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार आइतबार अङ्ग्रेजी विषयको परीक्षा सुरु भएलगत्तै काम्वाङले मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएका थिए। परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष, शिक्षक तथा कर्मचारीहरूले घटना तुरुन्तै प्रहरीलाई जानकारी
विराटनगर/ मोरङको जिल्ला कारागारमा एक साताभित्र दुई थुनुवाको मृत्यु भएको छ । आइतबार बिहान ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको कोशी अस्पतालमा मृत्यु भएको हो । मृतक रामेछाप दोरम्बा–सैलुङ गाउँपालिका–२ का ५४ वर्षीय प्रवीण तामाङ रहेको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । उनका अनुसार तामाङलाई शनिबार साँझ अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको हो । “भर्ना गर्दा अवस्था सामान्य थियो,” ढुंगेलले भने, “अचानक मृत्युको खबर आयो ।” तामाङविरुद्ध
गौरादह/ झापाको गौरादह नगरपालिका–१ मा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्। गएराति १ बजेतिर वडा नम्बर १ स्थित क्रसर उद्योग छेउमा मासु बोरा भित्र हालेर लैजाँदै गरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा गौरादह–१ निवासी २९ वर्षीय शंकर लिम्बू, ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्। प्रहरीका अनुसार सोधपुछका क्रममा उनीहरूले शंकर लिम्बूको घरमा बहर (गोरु) काटेर मासु ल्याएको स्वीकार गरेका थिए। त्यसपछि प्रहरीले लिम्बूको घरमा खोजतलास गर्दा निलो प्लाष्टिकमा ओछ्याइएको
काठमाडौं/देशमै पहिलोपटक आयोजना गरिएको कोशी प्रोजेक्ट शोकेस प्रतियोगितामा १० उत्कृष्ट टीम फाइनल चरणमा पुग्न सफल भएका छन्। शनिबार राजधानीस्थित नेपाल माउण्टेन एकेडेमीको हलमा आयोजित छनौट चरणमा प्रस्तुत अवधारणाको मूल्यांकनपछि निर्णायक मण्डलले फाइनलका लागि टप १० टिम छनोट गरेका हुन्। फाइनलमा स्थान बनाउने टीमहरूमा नेपाल इन्जिनियरिङ कलेजको एग्रो भिलेज र रुरल रिड्ज विल्डर्स, पुल्चोक इन्जिनियरिङ कलेजका स्केच स्क्वायर, केटुपिए, पुल्चोक इयर फाइभ, पाथफाइन्डर, विनर, टिम कोशी एक्सप्लोरल, ख्वप इन्जिनियरिङ कलेजको बियोण्ड द ब्रिउ, र एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टर परेका छन्। प्रतियोगितामा सहभागी १९ टिमम
सुनसरी/देशभरका परीक्षा केन्द्रबाट एकै समयमा कक्षा १२ को परीक्षा आइतबार बिहानदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा आगामी जेठ २ गतेसम्म चल्नेछ। बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ। तीमध्ये सबैभन्दा बढी काठमाडौंमा १६२ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा एक–एक मात्र केन्द्र छन्। परीक्षा सुचारु गर्नका लागि यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षसहित करिब दुई हजार कर्मचारी, हरेक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र करिब २० हजार सुरक्