देशभर एकैसाथ कक्षा १२ को परीक्षा सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

  • वैशाख २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

सुनसरी/देशभरका परीक्षा केन्द्रबाट एकै समयमा कक्षा १२ को परीक्षा आइतबार बिहानदेखि सुरु भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ।

परीक्षा आगामी जेठ २ गतेसम्म चल्नेछ। बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ।

तीमध्ये सबैभन्दा बढी काठमाडौंमा १६२ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा एक–एक मात्र केन्द्र छन्।

परीक्षा सुचारु गर्नका लागि यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षसहित करिब दुई हजार कर्मचारी, हरेक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र करिब २० हजार सुरक्षाकर्मी परिचालन गरिएको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ पाँच हजार २०२ विद्यालयका एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन्।

आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना परीक्षार्थी सहभागी भएपछि कुल परीक्षार्थीको सङ्ख्या पाँच लाख ११ हजार ५२५ पुगेको छ।

दृष्टिविहीन, सुस्त मनस्थिति, कम श्रवणशक्ति भएका तथा अन्य अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए।

त्यस्तै, कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिन व्यवस्था मिलाइएको छ।

परीक्षा केन्द्रको सुरक्षालाई कडा बनाउँदै परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोबाइल फोन लैजान पूर्ण रूपमा निषेध गरिएको छ।

परीक्षार्थीले पनि स्मार्ट घडी, मोबाइल वा अन्य इलेक्ट्रोनिक उपकरण ल्याउन नपाउने व्यवस्था गरिएको छ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरण विषयको परीक्षा सञ्चालन भइरहेको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved