झापामा गोरुको मासुसहित पाँच जना पक्राउ

  • वैशाख २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 गौरादह/ झापाको गौरादह नगरपालिका–१ मा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्।

गएराति १ बजेतिर वडा नम्बर १ स्थित क्रसर उद्योग छेउमा मासु बोरा भित्र हालेर लैजाँदै गरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा गौरादह–१ निवासी २९ वर्षीय शंकर लिम्बू, ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्।

प्रहरीका अनुसार सोधपुछका क्रममा उनीहरूले शंकर लिम्बूको घरमा बहर (गोरु) काटेर मासु ल्याएको स्वीकार गरेका थिए।

त्यसपछि प्रहरीले लिम्बूको घरमा खोजतलास गर्दा निलो प्लाष्टिकमा ओछ्याइएको अवस्थामा बोरा, डोको, सेतो बाल्टिनभित्र बहरको टाउको, खुट्टा, छाला र अण्डकोष फेला परेको थियो।

करिब १५० किलो गोरुको मासुसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ।
उनीहरूविरुद्ध आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved