धरान/ पाठेघरको मुखको समस्या हुदा समेत महिलाहरु लाजका कारण अगाडि आउन नसकेको अवस्थामा धरान उपमहानगरपालिकाले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर वडाका सबै ठाउँमा निःशुल्क चेकजाँच अभियान चलाएको छ । महिलामा भएको पाठेघरसम्बन्धी समस्या न्युनिकरण गर्ने उद्दश्यले नगरका सबै वडाहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । पछिल्लो समय महिलाहरुमा हुने पाठेघरको समस्या महिलाहरुमा सचेत नहुदा बढ्दै गएको पाइएपछि धरान उपमहानगरपालिकाले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर २० वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क चेकजाँच शुरु गरेको हो । धरान उपमहानगरपालिका वडा नं. १७ बाट शुरु भए
धरान / “यति सजिलै संग डाक्टरलाई देखाउन पाउँदा सारै खुशी लागेको छ, हामी वृद्धहरुलाई यति सुविधा दिएकोमा यो संस्थालाई धेरै धेरै धन्यवाद” इलामबाट मुटुसम्बन्धि रोग भएका ८१ वर्षीय लालबहादुर विश्वकर्मा भने । विगत ८ वर्ष अघिदेखि यिनी मुटु रोगबाट ग्रसित छन् । डा. प्रशान्तलाई देखाउन थालेपछि निक्कै सहज भएको यिनी बताउँछन् । “मैले २ वर्षदेखि यो शिविरमा डा. प्रशान्तलाई देखाउन थालेको छु, दवाई पनि निःशुल्क पाउँछु, सारै खुशी लागेको छ ।” विश्वकर्माले भने । त्यसैगरि सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डा“गाले यति सजिलोसंग डाक्टरलाई देखाउन पाएकोमा खुशी व्यक्त गरे ।
धरान/ शारदा बालिका नमुना माध्यमिक विद्यालय धरानले ७५औँ वर्ष पुरा गरेको अवसरमा हीरक महोत्सव मनाउने भएको छ । महोत्सवको बारे विद्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । हीरक महोत्सवका लागि विद्यालयले व्यवस्थापन समितिकी अध्यक्ष दिभा श्रेष्ठका अनुसार विद्यार्थी तहमा स्वास्थ्य, साहित्य र खेलकुदका कार्यक्रमहरू राखिएका छन् । अभिभावकहरूमा क्यान्सर सचेतना, पाठेघरको मुख क्यान्सर परीक्षण, अभिभावक शिक्षा कार्यक्रम आयोजन गरिने भएको अध्यक्ष श्रेष्ठले बताइन् । आँखा परीक्षण, रक्तदान, हाडजोर्नी परीक्षणका शिविरहरू महोत्सव भर सञ्चालन गरिने छ । नगर स्तरीय छात्रा भलिबल प्रतियोगिता, कविता प्रतियोगिता,
धरान/ अझै पनि छापा माध्यमको भविष्य रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दिब्य रोशनी पत्रिकाको २० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नै वक्ताहरुले बताएका छन् । श्रमजीवि महिला पत्रकारद्धारा सम्पादित प्रकाशित दिव्य रोशनी साप्ताहिकको २० ओै बार्षिकोत्सवका अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, अग्रज पत्रकार हर्ष सुब्बाले अहिलेको विषम् परिस्थितिमा छापा माध्यम प्रकाशनमा समस्या भएपनि यसको भविष्य भने नसकिएको बताए । उनले सञ्चारमाध्यमको शुरुवात नै छापामाध्यमबाट भएको बताउदै विगतमा पनि छापा माध्यमलाई केही समस्या आउने गरेको भएपनि पूर्ण रुपमा विस्थापित भने नभएको बता
धरान/ बिद्यार्थीको अध्ययन अलवा बोल्ने कलाको क्षमता विकासका लागि एभरेष्ट चिल्ड्रेन होम इङ्लिस बोर्डिङ स्कुल धरान ६ पानबारीले वक्तृत्वकला आयोजना गरेको छ । शुक्रबार स्कुलमा नै विद्यार्थीवीच प्रतिष्पर्धा गराएर वक्तृत्वकला आयोजना गरेको विद्यालयका शिक्षक खगेन्द्र श्रेष्ठले वताए । शिक्षक श्रेष्ठका अनुसार कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थी उक्त वक्तृत्वकलामा सहभागी भएका थिए । ४० जना भन्दा विद्यार्थीले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा कक्षा १० मा अध्ययनरत निशान विश्वकर्माले प्रथम स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा कक्षा १० नै अध्ययनरत लोचना सिग्देल दोश्रो ,झुमा सुन्चेउरी त
सिम्याट अर्थात सेन्ट्रल म्यानेजमेण्ट टेष्ट नेपालको सवैभन्दा पुरानो सरकारी विश्व विद्यालय त्रिभुवन विश्व विद्यालयले लिने गर्दछ । तर विद्यार्थीहरुमा सिम्याट परीक्षाको विषयमा खासै जानकार भएको पाँइदैन।यसर्थ बिद्यार्थी आफुलाई ईच्छा लागेको विषयमा कलेजमा अध्ययन गर्न जाँदा मात्रै थाहा हुन्छ की सिम्याट परीक्षा दिएर मात्रै भर्ना हुन पाइने रहेछ भनेर। त्रिभुवन विश्व विद्यालयमा व्यवस्थापन संकायमा व्यवस्थापनको बीबीए, बीबीएम, बीआईएम, बीपीए, बीएचएम, बीटीटीएम, बीबीए फाइन्यानस, बीएमएस कार्यक्रममा विद्यार्थीको आकर्षण भने वढेको पाइन्छ तर त्यसका लागि विद्यार्थीले के के गर्नुपर्छ भनेर आधारभुत जानकारी समे
धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर्मा १८ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । धरान ६ पानबारीकी धनमाया धन कमाउन भनी विदेश हिडेकी थिइन् । जहान परिवार ठुलो,आर्थिक अभाव,छोरी छोरीका लालन पालन र शिक्षा दिक्षा धान्न धेरै गाह्रो पर्दै गयो । परिवारको लालन पालनको लागि मजदुरी गरेर भएपनि विहान वेलुकीको छाक टार्दै गर्दा धन कमाउन परिवारलाई खुशी दिन्छु भन्ने मनसायले विदेश लाग्ने सोच वनाइन् । तिनै परिवारको खुशी हेर्न विदेश जान्छु भनी हिडेकी धनमाया यतिका वर्ष सम्म पनि नफर्किएपछि परिवारमा पीडा माथि पीडा थपिएको छ । उनले छाडेर गएका छोरी छोरी पनि अहिले ठुला भइसके । सानैमा छोरा छोरीलाई
धरान/ कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को सेमि फाईनलबाट गायन र नृत्यमा १०/१० जना उत्कृष्ट प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा धरान-१६ स्थित यु.एन. सेमिनार हलमा सनिबार सम्पन्न सेमि फाईनलबाट गायनमा १० र नृत्यमा १० गरि२० जना सहभागीहरु फाईनलमा प्रबेस गरेका हुन। गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गित प्रशिक्षकरगायक बिनायक राई र गायिका जमुना राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियो
वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई २०७८ सालमा नै “देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” गराउन सफल चतरा अस्पतालले अस्पतालबाट हुने सेवालाई बढाउदै गएको छ । चतरा अस्पतालले हाल सार्वजनिक बिदा र शनिवार समेत “ बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म चिकित्सकद्वारा नि शुल्क ओपिडी सेवा” र “ २४ घण्टानै चिकित्सक द्वारा आकस्मिक सेवा” लगायतका बहिरङ्ग सेवा दिँदै आइरहेको छ। चतरा अस्पतालले बिहिबारबाट दिर्घ(नसर्ने) रोग (सुगर, प्रेसर, मुटु रोग किड्नी रोग र दम) रोग सम्वन्धी क्लिनिक सेवाको समेत उपल्बध गराउने भएको छ । उक्त सेवाको अस्पतालका सं
इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेनहरु चयन गरेका छन् । बिद्यालयमा बिद्यार्थीहरुले नेत्रित्व चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ । मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीहरुकाबिच क्याप्टेन खुला र छात्रा तर्फ गरि दुईजना भाइस क्याप्टेनहरु चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो । विद्यालयमा विद्यार्थीहरूको नेतृत्वका लागि दाबी गरेका प्रतिस्पर्धीहरूबिच सहमति नभएपछि मतदान प्रक्रियामार्फत चयन गरिएको विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिएका छन् । विद्यालयमा