कूल पूजा नजिकिँदै धरान कृषि बजारमा कालो र सेतो बोकाको व्यापार चुलियो

  • वैशाख २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  दशैँ, तिहारपछि ब्राह्मण–क्षेत्री समुदायको महत्वपूर्ण धार्मिक चाड ‘कूल पूजा’ नजिकिँदै गर्दा धरान १३ स्थित कृषि बजारमा खसी र बोकाको कारोबार तीव्र भएको छ। विशेषतः एउटै रङको कालो वा सेतो बोकाको माग उच्च देखिएको छ।

नेपाली संस्कृतिमा चाडपर्वसँगै मासुजन्य परिकारको विशेष स्थान रहँदै आएको छ। दशैँ, तिहार जस्ता पर्वमा खसी, बोका लगायत चौपायाको बली दिने प्रचलन रहेकाले यस्ता समयमा पशुको व्यापार ह्वात्तै बढ्ने गर्छ। कूल पूजामा विशेषगरी एउटै रङको बोका आवश्यक पर्ने हुँदा यस्ता बोकाको मूल्य समेत उच्च भएको देखिन्छ।

व्यवसायी मदन कार्कीका अनुसार, “कूल पूजामा एउटै रङको बोका प्रयोग हुने भएकाले यति बेला यस्ता बोकाको माग अत्यधिक छ, जसका कारण मूल्य पनि सामान्यभन्दा बढी छ।” अर्का व्यवसायी नविन श्रेष्ठ भन्छन्, “कालो वा सेतो एकरङ्गी बोकाको मूल्य अहिले सामान्य भन्दा ३०–४० प्रतिशतले बढेको छ।”

धरान कृषि बजारबाट वार्षिक करिब ३ करोड रुपैयाँ बराबरको खसी–बोकाको कारोबार हुने गरेको छ। यहाँ सातामा दुई दिन, बिहीबार र शुक्रबार, व्यापारी तथा कृषकले खसी–बोका ल्याउने गरेका छन्। चाडपर्व नजिकिँदै गर्दा तीन दिनअगावै पशु ल्याउने क्रम सुरु हुने कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरी बताउँछन्।

पूर्वका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, सुनसरी र मोरङबाट कृषक तथा व्यापारीले खसी–बोका ल्याउने गरेका छन्। कतिपयले खोरबाटै खरिद गर्छन् भने केही कृषक कृषि बजारमै ल्याएर बिक्री गर्छन्। सामान्य अवस्थामा जिउँदो खसी प्रतिकेजी ६ सय पर्न सक्छ भने चाडपर्वमा त्यो ८ सय रुपैयाँसम्म पुग्ने व्यापारीहरू बताउँछन्।

धरान कृषि बजार पशुपालक र कृषकका लागि व्यवसायिक अवसरको केन्द्र बन्दै गएको छ।

बजारमा खसी–बोका बाँध्ने ठाउँ, सुलभ होटल सुविधा, र हरियो तरकारी, मसला तथा अन्य कृषिजन्य उत्पादनको कारोबार समेत हुने भएकाले यो बजार उपभोक्ताका लागि पनि सहज भएको पाइएको छ। यहाँबाट आएका सामाग्रीहरू न केवल देशभित्रका विभिन्न स्थानमा, भारतसम्म समेत पुग्ने गरेका छन्।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved